के हो जिब्रो ? एक विश्लेषण « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

के हो जिब्रो ? एक विश्लेषण


यलम्वर टाइम्स
१३ असार २०७९, सोमबार १२:४५

परिचयः मानव वा पशुको मुखमा कठोर दाँतहरुले घेरिएर रहेको हाड बिनाको कोमल अंग हो जिब्रो । यो नभै नहुने अंग हो । जसको सहायताले हामी बोल्छौं, स्वाद थाहा पाउँछौं । जिब्रो बिनाको मानिस बोल्न सक्दैन । उसले ठोस कुरा खान पनि सक्दैन । कसैले नबुझिने गरि बोल्यो भने, अलिक जिब्रो फट्कारेर बोल भन्छौं । जीवित शरीरमा पानी उत्पादन गर्ने अंग हो जिब्रो । जिब्रोमा पानी उत्पन्न हुन्छ र मुख रसिलो रहन्छ, जिब्रोले पानी उत्पन्न गरेन भने मुख सुक्छ । यस्तो हुनु भनेको खतराको घण्टी बज्नु हो ।

जिब्रो मुखभित्रै रहनुपर्छ तर कारणबस जिब्रो मुखभित्रबाट बाहिर निस्किएर भित्र पसेन भने दिन पुगेछ भनेर जाने हुन्छ । यसको औषधि, उपचार छैन । कुनै सिद्ध महात्माले बरदान दिए भने त मानिस बाँच्छ पनि । विश्वास गर्नुहुन्छ ? एक समय सन्त तुलसी दास कतै जाँदै थिए, बाटामा लास बोक्ने मलामीहरुको हुलमा एउटी स्त्री पनि जाँदै थिइन् । तिनले सन्त तुलसी दासलाई देखेर प्रणाम गरिन् । तब सन्तले ती स्त्रीलाई सुहागवती भवः ! भनेर आशिर्वाद दिए । तब ति स्त्रीले भनिन्, ‘मेरा पतिको लास लगिंदै छ भने म कसरी सुहागवती हुन्छु ? भन्दा सन्तले मलामीलाई भने, ‘ए ! त्यसो भए पर्खपर्ख, लास यहाँ राखेर बन्धनहरु फुकाउ भनेर फुकाउन लगाए । बन्धन फुकाएर लासलाई आशिर्वाद दिँदै उठउठ भन्ना साथ मृतक जीवित भएर उठ्यो र सन्तलाई प्रणाम गर्यो । तब मलामीहरु विवाहको जन्तीमा परिणत भए अनि पति पत्नीलाई घर पुर्याएर भित्र्याए । यो सत्य युगको दन्ते कथा होइन, यो कुरो सन् १५८६ सालको घटना हो ।

जिब्रोको कामः साकाहारी प्राणीले खाएको कुरो जिब्रोले राम्ररी ओल्टाइ पल्टाइ पारेर घान नलाउन्जेल दाँतले एकै ठाउँमा चपाइ बस्छ तर जब जिब्रोले घान लगाइदिन्छ तब दाँतले राम्ररी चपाएपछि मात्र निलिन्छ । नत्र भने प्रयास गरेर पानीले बगाएर भा’पनि निल्नुपर्छ । कुनै नचपाइ निल्ने कुरो जस्तै औषधिका चक्कीहरु वा रस कुरा नचपाइ निल्नुपर्छ तर मांसाहारी प्राणीहरु कुकुर, बिरालो, बाघ, स्याल आदि प्राणीले खानेकुरा नचपाइकन घुटुक्क निल्छन् । त्यतिखेर उनीहरुलाई जिब्रोको खासै आवश्यकता पर्दैन ।

मांसाहारी प्राणीको पसिना निस्कदैन । उनीहरुले प्रायः जिब्रो बाहिर निकाली राख्छन् । अनि जिब्रोबाट पानीको रुपमा पसिना तरतर चुहुन्छ । त्यो उनीहरुको र्याल नभएर पसिना हो । तर, अरु प्राणीको जिब्रो बाहिर झुण्डिदैन । साकाहारी प्राणीको जिब्रो बाहिर झुण्डियो भने त्यो खतराको संकेत हो । साकाहारी प्राणीमा जिब्रो नरम खालको हुन्छ तर मांसाहारी प्राणीको जिब्रो खस्रो हुन्छ । प्राणीहरुमा विशेष गरेर गाई, गोरुको जिब्रोले नाक छुने लामो हुन्छ । मांसाहारीको जिब्रो लामो र पातलो हुनाले उनीहरुले पानी चाटेर खान्छन् । साकाहारी प्राणीले पानी खाँदा पिएर खान्छन्, खाइन्छ ।

जिब्रोको गुणः जिब्रो यस्तो अंग हो जो नभइ हुँदैन । जिब्रोको सहायताले हामी बोल्छौं । खानेकुराको स्वाद थाहा पाउँछौं । खानेकुराको स्वाद विचार गर्छौ । तीतो, पिरो, टर्रो, गुलियो, नुनिलो, खल्लो, मीठो, नमिठो, स्वादिलो, तातो, चिसो, रसिलो आदि जिब्रोकै सहायताले थाहा पाउँछौं । आँखा र जिब्रोको सम्बन्ध । कसरी भने, ‘आँखाले अमिलो कुरो देख्यो भने जिब्रोले तिरिक्क मुत्छ, नभा’पनि मुखमा पानी आउँछ । आँखाले नदेखे पनि सुन्ना साथ मुख रसाउँछ ।

जिब्रोको प्रकारः जिब्रो भनेपछि मानिसले एकै प्रकारको सम्झन्छन् तर, त्यसो होइन । जिब्रो खाल–खालका हुन्छन् । जस्तै बाख्राको जस्तो कालो जिब्रो (यस्तो कालो जिब्रो प्रयाः कता(कता स्त्री जातिको हुन्छ जो राम्रो मानिदैन) हुन्छ । रातो जिब्रो हुनु राम्रो मानिन्छ । जिब्रो सेतो हुनु राम्रो मानिदैन । रोगी मानिसको जिब्रो सेतो हुन्छ । कमलपित्त भयो भने जिब्रो पहेंलो हुन्छ, यस्तो हुनु खतराको लक्षण हो । तसर्थ डाक्टर, वैद्यले जिब्रो हेर्छन् । पशु प्राणीको जिब्रो बारे विचार गर्दा सर्प, गोहोरोले गन्ध थाहा पाउन पिलित पिलित जिब्रो बाहिर निकाल्छन् । सर्पका जिब्रो दुई हाँगे हुन्छ भने गोहोरोको जिब्रो सिरुको पात जस्तो लामो हुन्छ ।

अरु प्राणीको जिब्रो भित्रतिरबाट बाहिर तिर निस्किएको हुन्छ भने भ्यागुताको जिब्रो चाँहि बाहिरतिरबाट भित्रतिर फर्केको, च्याप च्याप परेको र सेतो हुन्छ । त्यसै कारण भ्यागुताले शिकार भेट्यो भने त्यही जिब्रोले तानेर खान्छ । भ्यागुताको जिब्रो उल्टा हुनाले उसले महिनौंसम्म पनि भोक, तिर्खा सहन सक्छ । यो कुरो सबकोहीले बुझ्न सक्दैन । अब भने मानिसको जिब्रोको केही चर्चा गरौं । छोटो जिब्रो हुनु दुःखको चिन्ह हो । जो स्पष्ट बोल्न सक्दैन, कि त उसको बोली नै खुल्दैन । लामो जिब्रो हुनु राम्रो मानिन्छ । गाईको जस्तै नाकको टुप्पो छुने लामो जिब्रो भएस्को मानिसले भक्ति साधना गर्ने हो भने उसले छिट्टै सिद्धी प्राप्त गर्छ तर, उसले तत्वदर्शी सद्गुरुबाट तत्व ज्ञान प्राप्त गरेको हुनुपर्छ । सद्गुरु यस्तो हुनुपर्छ जसले भक्तको पाप, ताप, सन्ताप हरण गरेर पुनर्जन्मको सुधार गर्न सकोस् । जस्ता तस्तालाई सद्गुरु मान्नु भनेको धोकामा पर्नु हो । जसले आफ्नो पाप, ताप, सन्ताप हरण गर्न सक्दैन त्यस्ताले भक्तको उद्धार कसरी गर्न सक्छन् ?

जिब्रोको प्रयोगः मानिसको जिब्रो राम्रै भए पनि आमाले बोलेको भाषा (मातृ भाषा) अनुसार लिम्बूहरुले धानलाई थान भन्छन् । देवताको थानलाई देवताको धान भन्छन् । राधे गोरु भन्दा राखे गरु भन्छन्, बाख्राको बोकालाई पोका भन्छन्, पोकालाई बोका भन्छन् । घरलाई खर भन्छन्, खरलाई घर भन्छन् । दुकीलाई तुकी, घाँसलाई खाँस, छोरालाई छरा, भातलाई फात भन्छन् । पराललाई बराल, बराललाई पराल, गालोलाई कालो, कालोलाई गालो भन्छन् । यस्तो बोल्नु उनीहरुको मातृ भाषा अनुसार नभएर बोली नसुध्रिएको हो । माथि भने अनुसार बोल्नेलाई लिम्बू रहेछ भन्छन् । स्पष्ट नेपालीमा बोल्नेलाई आर्य (सभ्य) भन्छन् । भाषा शुद्ध बोल्न नसक्नु चाँहि जन्म दिने आमाको कमजोरी हो । आमाले नानीलाई स्तनपान गराउँदै जस्तो बोली बोल्न सिकाउँछिन् नानीले त्यस्तै सिक्छ । तसर्थ आमानै पहिलो गुरु हुन्, अरु गुरु पछिका हुन्छन् ।

अर्काको भाषा बोल्नुपर्दा पनि अशुद्ध बोलिन्छ । किनभने भाषा आफ्ना आफ्नै हुन्छ । लिम्बू भाषा जातीय भाषा मात्रै हो । तसर्थ त्यहाँ शुद्धाशुद्धिको छ्यान विचार हुँदैन । नेपाली राष्ट्र भाषा हुनाले शुद्धाशुद्धिको विचार गरिन्छ । त्यसै गरी नेपाली राष्टू भाषा नेवार जातिको होइन । उनीहरुको भाषा फरक छ । तसर्थ उनीहरुले नेपाली भाषा बोल्दा ट, ठ, ड को प्रयोग गरेर बोल्छन् । कसरी भने नेवारहरुले भातलाई भाट, थाललाई ठाल, दाललाई डाल भन्छन् । देवतालाई डेउटा, दाउरालाई डाउरा, दौरालाई डौडा, तावालाई टावा भन्छन् । यो भाषा अनुसार नभएर उनीहरुको जिब्रोको दोष हो । उनीहरुले शुद्ध नेपाली भाषामा बोल्न नसकेको हो । पाली भाषा नै नेवार जातिको भाषा हुनाले बौद्ध ग्रन्थहरु पाली भाषामा लेखिएका छन् । सिद्धार्थ गौतम (शाक्य सिंह) जातिमा बाँडा पेसा गर्ने नेवार शाक्यवंशी हुनाले उनका वाणीहरु उनकै भाषामा लेखिए ।

यसै गरी नेपाली र बंगाली बोलीमा ‘टा’ यता उता दुवैतिर चल्छ । कसरी भने बंगालीमा एक टा, दु टा भन्छन् भने हामी पनि एउटा, दुइटा, तीनटा भनेर ‘टा’ को प्रयोग गर्छौं । असलमा बंगालीहरुले बोल्दा ए ऽऽ टा को हिसाबले बोल्छन् अनि बंगालीहरुको कुडी (२०) नै नेपालीहरुको कोरी (२०) हो । नेपालीमा एक्काइस, बाइस, तेइस भनिन्छ भने बंगालीहरुले कुडी एक, कुडी दुइ, कुडी तीन भन्छन् । यो उनीहरुको जिब्रोको दोष नभएर उनीहरुको मातृ भाषाको बोलाइ लेखाइ हो । अरु भारतीयहरुले नेपाली पुरुषलाई बाहादुर भन्छन् भने बंगालीहरुले बादुर भन्छन् भने चमेरालाई पनि बादुर भन्छन् । हुन पनि दाँत हुनाले चमेरा पशु हो, पंखेटा हुनाले चमेरा पंक्षी हो । त्यसै गरी बादुरहरु जता पनि मिल्छन् । नेपाली भनेको आलु जस्तै हो । त्यसै गरी जिब्रोकै कुरा गर्दा बाहुन, क्षेत्रीले पनि जिब्रो अनुसार ठेट नेपाली बोली बोल्दा चैताँ, बैशाखाँ, जेठाँ, घराँ, बनाँ, आथ्यो, गाथ्यो, मुखाँ यसरी बोल्छन् । बोलाइकै प्रसंगमा भन्न पर्दा जिब्रोले केवल स्वाद चाख्ने काम मात्र गर्ने होइन । जिब्रोले रचनाकारको गुणगान गर्ने हो । जसले यति सुन्दर देव दुर्लभ मनुष्य देह प्रदान गरे, असलमा उनको चाँहि यो जिब्रोले गुणगान गर्नपर्छ, जुन काम गर्नाले यो लोक र परलोक सुधार हुनेछ । यति नगरे पुनः जन्ममा बोली नआउन पनि सक्छ, किनभने जिब्रो चलेन भने बोली आउँदैन ।

जिब्रोको कसरतः संस्कृत कसैको भाषा नभएर देव भाषा हो । तसर्थ संस्कृत बोल्न जिब्रोको निकै कसरत चाहिन्छ । तर मातृ भाषा बोल्न आपत्ति पर्दैन । किनभने बालकले आमाको काखमै छँदा बोल्ने अभ्यास गरेको हुन्छ । जुनसुकै जातिले पनि जिब्रोको कसरत बिना संस्कृत भाषा बोल्न अभ्यास गरेकै हुनुपर्छ । अंग्रेजी भाषामा संस्कृत भाषा पनि मिश्रण भएको हुनाले संस्कृत बोल्न जिब्रोको कसरत चाहिए जस्तै अंग्रेजी बोल्न पनि जिब्रोको कसरत चाहिन्छ ।

अंग्रेजहरुको भाषा अंग्रेजी हुनाले उनीहरु जिब्रो बटारेर भा’पनि छिटोछिटो बोल्छन् तर, अन्य भाषीले अंग्रेजी अंग्रेजले जस्तै बोल्न सक्दैन । पहिलेपहिले दार्जिलिङमा अंग्रेजहरुको गोठाला, खेताला, भान्से नेपाली नै हुने गर्थे । ती नोकर चाकरले उनीहरुसँग जानि न जानि अंग्रेजीमै बात गर्नुपर्ने हुनाले सर भन्न पर्दा स र ! भनेर बोल्थे । दिस हरसको पीठमा घाउ भएर लेट भयो भन्दै जसो तसो काम चलाउँथे । आ इ त ज की पर्यो, सा’बको काम गर्दा सफा फस फस गर्नु पर्ने । यसरी बोल्थे तर अंग्रेजी ए, बी, सी जान्दैन थ्ये । सहाव सित भेट हुँदा गु ट मरनी ङ भन्नै पथ्र्यो । नत्र भने कुइरेले गेट आउट भनि हाल्थे । डरैले पनि नेपालीले साहेबसँग भेट हुँदा परैबाट साप गु ट म र नी ङ जनाउनै पथ्र्यो । जिब्रो लागोस् कि नलागोस् ।

जिब्रो बिनाको मानिसः जिब्रोकै प्रसङ्गमा भन्नुपर्दा यो लेखक भारतको दार्जिलिङमा विद्यार्थी छँदा अपवादको रुपमा भनौ मुख, जिब्रो बिनाकी एउटी तिब्बती मूलकी मस्त तरुनीले बखुको फेर थाप्तै घरघर डुलीडुली मागि हिडेको देखेको थिएँ । जसको डाडु जस्तो कुच्चिएको अनुहारमा नाक, मुखको बदलमा एउटा सानो प्वालमात्र भएकी आँखा, कान, हात, खुट्टा अरु अंगहरु चाँहि ठीकै भएकी । जिब्रो र दाँत नभएको बुझिन्थ्यो । त्यही प्वालबाट स्वास फेर्ने र पिपाको सहायताले चुसेर रस कुरो मात्र निल्ने गरेको बुझिन्थ्यो । मुखै नभएपछि बोली त के शब्द पनि निस्कदैन थियो । तिनको अन्य परिवारको बारेमा थाहा भएन । तिनको बोली नहुनाले कुनै कुनै अपराधीले तरुण अवस्थाको आनन्द लेनदेन पनि गर्थे भन्ने सुनिन्थ्यो । जीवन भोगाई पनि कस्तो कस्तो ? रचनाकारले किन ठगे तिनलाई ? अब त तिनको दुःख लुक्यो होला ?

तपाई पाप पुण्यमा विश्वास गर्नुहुन्छ भने तिनले पापको फल भोग्नु परेको हो । यदि तपाईलाई कर्ममा विश्वास गर्नुहुन्छ भने नराम्रो कर्मको फल नराम्रै पाइन्छ । त्यसैले कारण कुनै गायकले, ‘जैसा कर्म करोगे वैसा फल देगा भगवान, यह है गीताका ज्ञान’ भनेर शिक्षामूलक गीत गाएका छन् ।