नेकपा एमाले अर्जुनधाराले रोपाईं गर्दै मनायो राष्ट्रिय धान दिवस « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

नेकपा एमाले अर्जुनधाराले रोपाईं गर्दै मनायो राष्ट्रिय धान दिवस


यलम्वर टाइम्स
१५ असार २०७९, बुधबार ०६:५८

अर्जुनधारा । आज असार पन्ध्र, राष्ट्रिय धान दिवस । वि.सं. २०६१ मा नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने निर्णय गरेपछि हरेक वर्ष मनाउँदै आइएको छ ।

अर्जुनधारा नगरपालिकामा पनि असार १५ तथा राष्ट्रिय धान दिवस कार्यक्रम हर्षोउल्लासका साथ मनाइको छ ।

नेकपा एमाले अर्जुनधारा नगर कमिटिले अर्जुनधारा ७ स्थित मिलडाँडामा रोपाई कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय धान दिवस मनाएको हो ।

कार्यक्रममा नेकपा एमालेका झापा जिल्ला इन्चार्ज तथा पूर्व कानूनमन्त्री अग्नी खरेल, अर्जुनधारा नगरपालिका नगर प्रमुख बलदेवसिंह गोम्देन लगायतले धान रोप्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेता खरेलले किसान, श्रमिक, मजदुर नेकपा एमालेको बलियो आधारस्तम्भ भएको बताए । उनले नेपाल कृषि प्रधान देश भएको हुँदा आज मानो रोपेर मुरि फलाउने दिन भएको बताउँदै सम्पूर्ण कृषक वर्गलाई शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका स्थानीयदेखि प्रदेशसम्मका नेताहरुको उपस्थिति रहेको थियो ।

रोपाईपछि दही चिउरा खाएर असार पन्ध्र मनाएको पार्टी नगर कमिटिले जनाएको छ ।