कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न समिति विस्तार गर्दै प्रवद्र्धन समिति, मोरङ समिति संयोजकमा शान्ता « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न समिति विस्तार गर्दै प्रवद्र्धन समिति, मोरङ समिति संयोजकमा शान्ता


यलम्वर टाइम्स
२४ असार २०७९, शुक्रबार ०५:१६

मोरङ । कोदोको रक्सीलाई ब्राण्डिङ गर्दै आजआर्जनसँग जोड्नका लागि अग्रसर परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ ले जिल्लास्तरमा संगठन विस्तार गर्दै आएको छ ।

प्रदेश नं. १ का १४ वटै जिल्लामा समिति विस्तार गर्ने योजना अनुरुप मोरङमा पनि गठन गरिएको हो ।

समितिको संयोजकमा शान्ता तामाङ रहेकी छिन् भने सदस्यहरुमा रुकमणि धिमाल, भक्तशेर लिम्बू, कमल गुरुङ, फुलसरा तामाङ, विन्दुकला गुरुङ, कृष्ण मेन्याङ्बो, राधा लिम्बू, सीता राई, दिलमाया गुरुङ, अनिता तामाङ, दिलबहादुर तामाङ, कल्पना राई, राधा लिम्बू र ज्ञानु श्रेष्ठ रहेका छन् ।

समिति गठनका लागि आयोजित भेलामा कोदोको रक्सीका सम्भावना र चुनौतिका विषयमा छलफल गरिएको थियो ।

छलफलमा बुद्धिजीवि देसु वनेम, टेक खजुम, दिलकुमार नेम्वाङ, सरु सिङ्घक लगायतले कोदोको रक्सीलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रियकरण गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने बताए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ मोरङका उपाध्यक्ष कमल गुरुङ, किरात राई यायोक्खा उपाध्यक्ष सीता राई, पूर्व जनप्रतिनिधि विन्दु गुरुङ, किरात याक्थुङ चुम्लुङ सचिव कृष्ण मेन्याङ्बो, केशव थापा मगर लगायतले कोदोको रक्सी र यसका सम्भावनाका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा प्रवद्र्धन समितिले कोदो रक्सी निर्माणका लागि चाहिने कोदो, मर्चाका लागि चाहिने जंगली जडिबुटी लगायतको संरक्षणमा सरकारले चासो देखाउनुपर्नेमा पनि जोड दिएको छ ।

कार्यक्रममा प्रदेश १ मा कोदो हुने क्षेत्रको पहिचान गर्दै रक्सी उत्पादनमा चाहिने कोदोका लागि एकीकृत कोदो खेति गर्दै कोदो उत्पादनमा जोड दिनुपर्ने माग गरेका थिए ।