प्रदेशको नाम ‘लिम्बूवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

प्रदेशको नाम ‘लिम्बूवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


यलम्वर टाइम्स
२८ असार २०७९, मंगलवार ०८:३२

दमक । संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चले प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

मञ्चको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका विभिन्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको हो. ।

विज्ञप्तिमा लामो समयदेखि पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको र आवाज पनि सम्बोधन हुँदै आएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा केही दिनदेखि नामकरणको विषयमा संसद्मा उपस्थित केही दलहरूले ‘लिम्बुवान–किरात’ पहिचानलाई बाइपास गरेर नदीको नाममा प्रदेशको नामकरण गर्न माग गरेकोमा आपत्ति जनाइएको छ ।

मञ्च आबद्ध लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आगामी साउन ५ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा बृहत जनप्रदर्शन सहितको विभिन्न आन्दोलनको कार्यक्रमहरु गर्ने समेत जनाएको छ ।

‘लिम्बुवान-किरात’ नामाकरण नगरिए आन्दोलन निरन्तर अघि बढाउने भन्दै समितिले सोमबार मुख्यमन्त्री लगायत दलका प्रमुखहरु, संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र समेत बुझाएको छ ।