कायस्थ जनमुक्तिमा प्रबेश « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

कायस्थ जनमुक्तिमा प्रबेश


यलम्वर टाइम्स
४ श्रावण २०७९, बुधबार ०८:०७

काठमाण्डौ । वरिष्ठ सामाजिक अभियन्ता तथा बुद्धिजीवी बिधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यलय महाराजगञ्जमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री एमएस थापाले पार्टी सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी अध्यक्ष केपी पालुङ्वाले खादा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले पार्टी दस्तावेज हस्तान्तरण गर्दै कास्यथलाई स्वागत गरे ।

नवप्रवेशी कास्यथले अबका दिनमा वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय जनमुक्ति पार्टी नै अगाडि आउने दावी गर्दै आफुले सकेको योगदान गर्न आफू पार्टी प्रवेश गरेको बताए ।

कायस्थलाई केन्द्रीय तहमा पदाधिकारी हैसियतमा स्थान दिने सहमति भएको छ ।