असुरक्षित बन्दै अर्जुनधाराको वडा नं. ७ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

असुरक्षित बन्दै अर्जुनधाराको वडा नं. ७


यलम्वर टाइम्स
९ श्रावण २०७९, सोमबार ०७:५८

अर्जुनधारा । केही महिनायता अर्जुनधारा नगरपालिका अन्तर्गत वडा नं. ७ मा हत्या, हिंसा, चोरी र बलात्कार जस्ता कार्यले प्रसय पाएको देखिन्छ ।

वडा नं. ७ मा बाबुमाथि आक्रमणदेखि व्यापारीलाई समेत हत्या गरेर फ्यालिएको र केही दिन नबित्दै दलित बालिकामाथि बलात्कार गरि गर्भ बनाएको जस्ता घटनाले असुरक्षित वडा बनेको सरोकारवालाहरुको आरोप छ ।

अर्जुनधारा निवासी सञ्जय थापा लगायतको सचेत युवाहरुले वडा नं. ७ मा दैनिक हुने घटना बढेको भन्दै त्यसको उचित रोकथामको लागि वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडालाई सचेतनापत्र समेत दिएका थिए ।

उक्त पत्र बुझ्दै अध्यक्ष खतिवडाले वडावासी जनताको सुरक्षाको लागि विभिन्न कार्य गर्ने भनी जानकारी दिएका थिए ।

वडामा दिउँसै घर डकैत गर्ने, साँझ परेपछि धम्क्याउने र गाँजा, ड्रक्स प्रयोगकर्ताले साइकल, पानी तान्ने मोटर जस्ता सामग्री चोरेर हैरान गरेको हुँदा त्यसतर्फ ध्यान दिन समेत वडावासीको माग रहेको छ ।