अर्जुनधारा जलेश्वर धाममा जल चढाउन आउनेको घुइचो « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा जलेश्वर धाममा जल चढाउन आउनेको घुइचो


यलम्वर टाइम्स
९ श्रावण २०७९, सोमबार ०८:४४

अर्जुनधारा । पूर्वको पशुपति अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्वको अवसरमा सयौं भक्तजनले जल चढाएका छन् ।

श्रावणी पर्वको दोस्रो सोमबार पनि अर्जुनधारा जलेश्वरधाममा जल चढाउन आउनेको संख्या उल्लेख्य रहेको धाम समितिले जनाएको छ ।

धाममा स्थानीयका साथै इलाम, मोरङ बिराटनगर, सुनसरी, भक्तपुरदेखि धाम दर्शनसँगै जल चढाउनका लागि भक्तजनहरु आएका थिए ।

भक्तजनको घुईचो बढे पनि उनीको सहजताको लागि धामले व्यवस्थापन नगरिएको गुनासो गर्दै त्रिपालहरु टाँगेर भए पनि बस्ने ठाउँको व्यवस्था गरिदिनुपर्ने बताए ।

हिन्दू धर्म अनुसार श्रावणी पर्वको आफ्नो छुट्टै विशेषता छ । विवाहित महिला आफ्नो श्रीमान र घरपरिवारको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्छन भने् अविवाहित महिलाहरु राम्रो श्रीमान पाउन र परिवारको सुख शान्तिको कामनाका लागि ब्रत बस्ने गरेको पाइन्छ ।