जीवन शक्ति दायक काँचो आहार « Yalambar Times
४ भाद्र २०७९, शनिबार

जीवन शक्ति दायक काँचो आहार


Dipin Rai
१७ पुष २०२६, बिहीबार ००:००

प्राचिनकालका साधकहरु प्रायः अटल साधक, अटल तपस्वी एवम् प्रखर ओजस्वी हुन्थ्ये । उनीहरुको आहार पनि सात्विक, साकाहारी नै हुन्थ्ये र नै उनीहरुको उमेर पनि सय वर्षभन्दा धेरै हुने गथ्र्यो । हरियो सागपात, काँचोफल, टुसा पलाएको गेडागुडी खाएर नै दीर्घायु हुन्थ्ये । नभए पनि सय डेढ सय वर्षसम्मको आयु बाँच्थे । एउटा दृष्टान्त स्वरुप भन्नुपर्दा कवीरदास पनि १५० वर्षसम्म बाँचेका थिए । आयुर्वेद शास्त्रमा काँचो आहार, हरियो सब्जी, काँचो फल, कन्दमूल, अन्कुरित अन्नहरुको सेवन गरेर पूर्ण स्वास्थ्य रहन्थ्ये अनि वुद्धिमा पनि ओजस्वी, तेजस्वी रहन्थ्ये । यसको लागि पाश्चात्य मतानुसार पनि हेर्दा बाइबलमा त्यही पाइन्छ । अन्नलाई उसको प्राकृतिक रुपमै खाएर मानिसहरु सय वर्षसम्म बाँच्थे तर त्यो आयु घटेर लगभग ६० वर्षको आयु रह्यो । किनभने आज रातो, निलो, पहेंलो, बहुरंगी व्यञ्जन, चटपटे, भूजा, अचार, रंगीविरंगी विदेशी नाना प्रकारको स्वाद चाखेर, स्वाद बिग्रेको जिब्रोमा सादा फल, कन्दमूल, अंकुरित अन्नको र सागपातको स्वाद मीठो लाग्दैन । यसैकारणले गर्दा मानिसहरु प्रायः अस्वास्थ्य रहने गर्छन् ।

उपर्युक्त सम्पूर्ण आहारले मुनष्यको मानसिक विकास वा शारीरिक परिपुष्टि गर्नेमा पूर्ण रुपले सहयोग पुर्याउँछ । एन्जाइम्स, भिटामिन, सर्करा, प्रोटिन, कार्बोहाइड्रेड यी सबैले उच्चतापमा विघटित भएर विषको रोल खेल्न लाग्छ । यसैकारण अधिक भिटामिनको सेवन गर्नाले पनि स्वास्थ्यमा हानी पनि गर्छ । एकजना प्रख्यात आहारविद् हंस एन्डरशनले आफ्नो अनुसन्धान पूर्ण आफ्नो कृति ‘द न्यू फुड थेरेपी’मा लेख्छन् ‘वैज्ञानिक अनुसन्धान तथा परीक्षणबाट के सिद्ध भएको छ भने काँचो अन्न, सागसब्जीहरुले सूर्य किरणको शक्तिलाई अवशोषित गरेर आफ्नो बजी कोशहरुमा अवधारित अर्थात् जम्मा गर्छ । काँचो अन्न खानाले अर्थात् प्राकृतिक रुपमा भएको अवस्थामै सेवन गर्नाले त्यो उर्जा भण्डारलाई हाम्रो आन्दा कोशिकाहरुमा पुग्ना साथै त्यहाँ आत्मसाथ गरेर त्यसलाई पचाउनमा कुनै परिश्रम गर्न पर्दैन । हरियो सागपात एवम् अंकुरित अन्नको क्लोरोफिल (हरितकरण) युक्त रसलाई प्रकृति विज्ञानले ग्रीन ल्बड भनेको छ ।

जसले रगतलाई शुद्ध गरेर रक्तकर्णलाई अभिवृद्धि गर्दछ ।’ चिकित्सा वैज्ञानिक डा. ब्रिसरले यसलाई ‘सूर्य शक्ति केन्द्रित’ भनेका छन् । किनभने हरितकणका अणु मानव रक्तमा पाइने होमोग्लोविन कर्णहरुसँग अधिक मात्रामा समानता देखिन्छ । यसैकारण यसको सेवन गर्नाले रक्त कणको संख्यामा असाधारण अभिवृद्धि भएको पाइन्छ । शारीरिक निर्माणको काममा लाग्ने अमिनो एस्डिको प्रक्रियालाई तीब्रता दिएर पुष्टि बद्र्धन गरेर ग्रीन ल्बडबाट सहज सम्भव हुन्छ । यसैकारण यसलाई सर्वोत्तम पोषक तत्व भनेर विज्ञानले पुष्टि गरेको छ ।

नोबेल पुरस्कार विजेता प्रख्यात चिकित्साशास्त्री डा. फिसरले रक्त अल्पतामा सुधार ल्याउनका लागि अंकुरित अन्नहरुमा जुनेलोको सफल प्रयोग गरे । परीक्षा पश्चात उनले अंकुरित गहुँलाई पूर्ण आहार भने अनि लेखे, ‘एक ग्राम अंकुर (टुसा) मा जति मात्रामा पोषक तत्व पाइन्छ, त्यसको तुलनामा २५ गुणा अधिक सागसब्जीहरु मिलेर पनि त्यसको पूर्ति गर्न सक्दैन । मानव शरीरमा एकत्र दूषित पदार्थलाई वहिस्कार गरेर रस रक्तलाई परिशोधन अभिवृद्धि गर्नमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।’ एक अमेरिकी महिला चिकित्सा विज्ञानी प्राकृतिक चिकित्साबारेको संस्था हिप्राक्रेट हेल्थइस्टीट्च्युट’ मा आफ्नो रोगीहरुलाई जुनेलोको रसबाट उपचार गरेकी थिइन् । उनको अनुसार जीवन्त आहारबाट कति रोगीले जीवन प्राप्त गरे । यस प्रयोगका लागि उनले सबैभन्दा अधिक उपयोगी गहुँलाई नै मानेकी थिइन् । गहुँको टुसामा क्यान्सर भएकाले टाइल नामक एन्जाइम अति धेरै मात्रामा हुन्छ, अंकुरित अन्न एवम् काँचो सब्जीमा यो सौ गुणा अधिक गुणी छ । यसरी नै सिमीको दानाहरुलाई अंकुरित बनाए त्यसमा सन्निहित इन्सुलिन कति गुणा धेरै मात्रामा हुन्छ । मधुमेहका रोगीहरुको लागि अंकुरित सिमी अत्यन्त लाभदायक सिद्ध भएको पाइन्छ ।

एक अर्का चिकित्सा विज्ञान डा. इयार्षथोमस पनि भन्छन्, ‘अंकुरित अन्न मध्ये जुनेलो निश्चित रुपमा नवयुगको लागि उपयुक्त आहार औषधी हो ।’ रोग नासक तथा आरोग्य संवर्धनको दोहोरो क्षमताले सम्पन्न यो आहारलाई उनले सबै उमेरका मानिसहरुको लागि उपयुक्त देखे । यस प्रयोगमा यस्ता मानिसलाई प्रारम्भमा गहुँको पानी दिइन्छ, जसमा एक कप गहुँको सप्रेको राम्रो दाना दुइ कप राम्रो पानीमा २४ घण्टा भिजाएर राख्नुपर्छ र त्यो तयार हुन्छ । अनि त्यो प्रतिदिन २–३ गिलास पानी छानेर दिने गरे शरीरको तौ पनि बढ्छ स्फूर्ति पनि आउँछ । संजीवनी शक्ति पनि बढ्छ ।

सुप्रसिद्ध चिकित्सा शास्त्री डा. राल्फ वर्चरले नैसर्गिक जीवन्त आहार एवम् अन्नहरुको उपादेयता पनि गहन अनुसन्धान गरेर के कुरा पत्ता लगाएू भने त्यसमा एक विशिष्ट प्रकारको पोषक तत्वको अपूर्व क्षमता विद्यामान हुन्छ । उनको भनाई अनुसार अंकुरित अन्नलाई सेवन गर्नाले हामीलाई छ प्रकारको औषधीय तत्व प्राप्त हुन्छ । जो रोगनासक विषाणुहरुलाई नष्ट गर्नुको साथै जीवन शक्ति पनि अभिवृद्धि हुन्छ । यसको ९२ प्रतिशत तत्वलाई आन्द्रा अवेशोषित गरेर त्यसलाई रक्त, मासु, मासी आदिमा निर्माण योग्य बनाउँछ । जबकी पाकेको आहारमा मात्र ३५ प्रतिशत भागमात्रै जीवन शक्ति बढाउने प्रकृया प्रयुक्त हुन्छ ।

त्यसैगरी अरु काँचै खाइने खाद्य आहारहरुमा गोलभेडा पनि एक हो । यसको सेवनले रगत वृद्धि हुन्छ । किनभने यसमा लौह तत्व पाइन्छ । साथै पोराक तत्वहरु ए.वी.सी सुन्तलामाभन्दा गोलभेडामै पाइन्छ । मधुमेह रोगीलाई यो अति उत्तम आहार हो, जो काँचै खाइन्छ । तर, गोलभेडा खाएर पानी नपिउनु । गोलभेडाले पेटमा तेजाव उत्पादन गरेर लाभ गर्छ भने पानी पिउनाले त्यो तेजाब नष्ट हुन्छ ।

त्यसैगरि बन्दागोभीको काँचो सलाद बनाएर खाने गरेदेखि स्त्रीहरुलाई हुने स्तन क्यान्सरको रोकथाम हुन्छ । यसमा पोषक तत्व अर्थात् भिटामिन ‘सी’ प्रसस्तै हुन्छ । त्यसैगरि फलको रुपमा नखाएर औषधीको रुपमा काँचो अमला खाइन्छ । यो काँचो खाने गरिन्छ । यो अरु फल झै पाकेर रातो वा पहेंलो हुँदैन । अमलाले सम्पूर्ण प्रकारको रोगहरुबाट बच्ने बल प्रदान गर्दछ । नित्य मख्वा बनाएर खाए स्वप्न दोष ठीक हुन्छ ।