प्रदेश नै खारेज गर्न पालुङ्वा समूहको माग « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

प्रदेश नै खारेज गर्न पालुङ्वा समूहको माग


यलम्वर टाइम्स
१७ श्रावण २०७९, मंगलवार ११:११

दमक । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वालगायत ।

संघीय लिम्बुवान पार्टीले प्रदेश नम्बर १ को खोजीको मागसहित ध्यानाकर्षणपत्र बुझाएको छ ।

पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वालगायत नेताहरुको उपस्थितिमा प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मंगलबार ध्यानाकर्षण पत्र बुझाइएको हो ।

लिम्बुवानजन्य विभिन्न मोर्चाहरु प्रदेशको नाम लिम्बुवान किरात हुनुपर्छ भन्ने मागसहित आन्दोलित छन् । त्यस्तै जातीय संस्था किरात राई यायोक्खा भने किरात प्रदेश नामाकरणको लागि आन्दोलनमा छ भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने अडानसहित आन्दोलित छ ।

प्रदेश सभामा प्रदेश नम्बर १ को नामाकरण बारे छलफल प्रारम्भ हुन लागेको बेला लिम्बुवान पार्टीले भने प्रदेश नम्बर १ नै खारेज गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

पार्टीले नेपाल संविधान २०७२ मा संशोधन र पुनर्लेखनको समेत माग गरेको हो ।

ध्यानाकर्षणपत्रमा अरुणकोशी पूर्वको भूभाग ऐतिहासिक कालदेखि स्वतन्त्र लिम्बुवान राज्यको रूपमा रहेको इतिहास साक्षी रहेकोले अरुण–संखुवासभा–सप्तकोशी पूर्वका जिल्लाहरुलाई लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग गरिएको छ ।