बिर्तामोडमा प्रशासनको ध्यान कमजोर ? « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

बिर्तामोडमा प्रशासनको ध्यान कमजोर ?


यलम्वर टाइम्स
२२ श्रावण २०७९, आईतवार ०४:५०

बिर्तामोड । निकै लामो समयपछि बिर्तामोड शहर हरेक कुराको केन्द्र बन्दै गएको देखिन्छ ।

कहिले अवैध भारु नोटको केन्द्रसँगसँगै ड्रग्सको बिक्री स्थल, कहिले यौनधन्दाको क्रिडा स्थल हुँदै गएको बुद्धिजीवि स्थानीयवासीहरुले ओकल्न थालेका छन् ।

केही महिनाअघिबाट एक अवैद्य ढंगबाट भारतीय नागरिकले भारु नोट र नशालु पदार्थको कारोबार गर्दै आएको बताइएको छ ।

ति नागरिकले यसअघि चना, मटर भित्र्याउने र लत्ताकपडा समेत भन्सार छलि ल्याउने गरेको सुत्रले जानकारी दिए ।

बिर्तामोड विकासको क्रममा अगाडि बढ्दै गए पनि यौन धन्दाको केन्द्र बिन्दू बन्दा बिर्तामोडवासीहरु चिन्तित छन् ।

सुन्दर शहरको रुपमा स्थापित भनेर पहाडी क्षेत्रका धनाढ्य मानिसहरु आएर बसेकै कारण बिर्तामोड उज्यालो हुन पुगेको भए पनि अति दुर्गन्धित व्यापार व्यवसाय र कर छलिको कारोबार भएको कारण सम्बन्धित निकायको ध्यान केन्द्रीत हुन बिर्तामोडका अगुवाहरु अनुरोध गर्छन् ।