लिम्बूवान आंशिक बन्द « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

लिम्बूवान आंशिक बन्द


यलम्वर टाइम्स
२२ श्रावण २०७९, आईतवार १२:०८

बिर्तामोड । राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आजको बन्द आंशिक रुपमा सफल भएको बताएका छन् ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले १८३१ साउन २२ गते लिम्बूवानी अधिकार हनन् गरेको भन्दै जनमुक्तिले साउन २२ गते बन्द गर्दै आएको थियो ।

बन्दकर्ताहरुले कतै तोडफोड नगरे पनि पर्चा पम्प्लेटमार्फत सबैमा बन्दको आह्वान गरेका थिए ।

बन्दको समयमा ताप्लेजुङ सुनसान रहेको थियो भने पाँचथर, इलाम, तेह्रथुम, धनकुटामा सामान्य असर परेको थियो ।

यता झापा, मोरङ भने यातायात ६० प्रतिशत चलेको थियो । सुनसरीको धरानमा भने बन्दको प्रभाव परेको उपमहासचिव विष्णु थाङ्देनले जानकारी दिए ।

जनमुक्ति पार्टीले साउन २२ लाई कालो दिनको रुपमा मनाउँदै आए पनि लिम्बूवान किरातको आवाजमा जनमुक्ति पार्टी सधैव सम्मान गर्दै पहिचानको मुद्दामा पछि नहट्ने पार्टी अध्यक्ष केपी पालुङ्वाले जानकारी दिए ।

अध्यक्ष पालुङ्वाका अनुसार बन्दमा सहयोग पुर्याउनुहुने सबै यातायात व्यवसायी, विद्यालय, कलकारखाना र सहयोगीहरुमा आभार प्रकट गरे ।