फोनिजले चार पत्रकार र एक सञ्चार संस्था सम्मानित गर्ने « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

फोनिजले चार पत्रकार र एक सञ्चार संस्था सम्मानित गर्ने


यलम्वर टाइम्स
२४ श्रावण २०७९, मंगलवार ११:१०

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् ।

फोनिजका महासचिव मिलन लिम्बूारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिने छ ।

त्यस्तै यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ । बुङ्वाखाले बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुर्याउँदै आएको छ ।

पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा २०७९ साउन २७ गते काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने छ ।