अमेरिकन आईडल आर्थर गन नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अमेरिकन आईडल आर्थर गन नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत


यलम्वर टाइम्स
६ भाद्र २०७९, सोमबार ०८:३९

झापा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।

आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे ।

कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो।

मन्त्री श्रेष्ठले पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नो प्रतिभामार्फ नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे ।

काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षाको सिलसिलामा अमेरिका पुगेका पोखरेल ‘अमेरिकन आइडल’ को स्टेजमा दमदार उपस्थिति जनाई लोकप्रिय बनेका थिए ।

विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।