सारेगम कला केन्द्रको आठौं वार्षिक उत्सवमा रक्तदान « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सारेगम कला केन्द्रको आठौं वार्षिक उत्सवमा रक्तदान


यलम्वर टाइम्स
७ भाद्र २०७९, मंगलवार ०७:०६

अर्जुनधारा । अर्जुनधारा–३ खुदुनाबारी स्थित सारेगम कला केन्द्रले आफ्नो आठौं वार्षिक उत्सवको अवसरमा रक्तदान गरेको छ ।

रक्तदान जीवनदान भन्ने नारासहित आयोजित कार्यक्रममा ७ जना महिलासहित ५४ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा खुदुनाबारीको प्राविधिक सहयोगमा रक्तदान गरिएको केन्द्रका सन्तोष आलेले बताए ।

उनले रगत अभाव भइरहेको अवस्थामा मानवीय सहयोगका लागि केन्द्रले कार्यक्रम गरेको सुनाउँदै रक्तदान गरी सहयोग गर्नुहुनेलाई धन्यवाद दिए ।