अर्जुनधारा जेसीजद्वारा विरिङ किनारमा वृक्षरोपण « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अर्जुनधारा जेसीजद्वारा विरिङ किनारमा वृक्षरोपण


यलम्वर टाइम्स
१२ भाद्र २०७९, आईतवार ०९:५१

अर्जुनधारा । अर्जुनधारा जेसीजले अर्जुनधारा ७ स्थित विरिङ खोलाको किनारमा वृक्षरोपण गरेको छ ।

आफ्नो सप्ताह कार्यक्रम अन्तर्गत खोला किनारमा विभिन्न प्रजातिका विरुवा रोपिएको अध्यक्ष भिमबहादुर कुँवरले जानकारी दिए ।

रुख विरुवा रोप्दा वातावरणसँगै खोलाबाट हुन सक्ने सम्भावित क्षतिलाई रोक्न सकिने हुँदा वृक्षरोपण गरिएको अध्यक्ष कुँवरको भनाई थियो ।

रुद्राक्ष, स्वामी, लटर, बडर लगायत विभिन्न जातिका दुइ सय विरुवा रोपिएको थियो ।

सुमन ओलीको संयोजकत्वमा भएको कार्यक्रमको सभापतित्व अध्यक्ष कुँवरले गरेका थिए भने प्रमुख अतिथि अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा रहेका थिए ।

कार्यक्रममा वर्ष ०१५ का अध्यक्ष दिपीन राई लगायतको आतिथ्य रहेको थियो । अर्जुनधारा जेसीजको वृक्षरोपण कार्यक्रममा पशुपति युवा समूह पनि सहभागि भएको थियो ।

त्यस्तै सप्ताह कार्यक्रम अन्तर्गत नै आईतबार चन्द्रगढी कारागारमा रहेका महिला दिदीबहिनीहरुलाई दर खुवाएर तीज मिलन कार्यक्रम गरेको छ ।

जनसम्पर्क अधिकारी वेदनारायण गोदारको संयोजकत्व तथा अध्यक्ष कुँवरको सभापतित्वमा कार्यक्रम भएको थियो ।