कक्षा ४ को किताबमा अमेरिकी गायिका सेलेना « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

कक्षा ४ को किताबमा अमेरिकी गायिका सेलेना


यलम्वर टाइम्स
१२ भाद्र २०७९, आईतवार १०:११

अमेरिकी गायिका सेलेना गोमेज नेपालसँग जोडिएर चर्चामा छिन् । नेपाली विद्यालयको पाठ्यपुस्तकमा उनका सांगीतिक जीवन समावेश गरेपछि चर्चामा आएकी हुन् ।

यति बेला उनका विश्वभरका फ्यानले विद्यालयको पाठ्यपुस्तकमा आफ्नी प्रिय गायिकाबारे छापिएको पुस्तकको खबरलाई भाइरल बनाएका छन् । भारतीय अनलाइन पोर्टलहरुले पनि यसलाई लेखेका छन् ।

कक्षा ४ को पुस्तकमा सेलेनको गीत ‘हु सेज’लाई युट्युबमा सुनेर अंग्रेजी भाषा सुधार्न सकिने सन्दर्भमा लेखिएको छ । पुस्तकमा उक्त गीतको लिरिक्स समेत समावेश गरिएको छ । यो फोटोसहितको तस्वीर ट्वीटरमा भाइरल बनेको हो ।

उक्त समाचारबारे फ्यानबीच अन्तरक्रिया पनि भएको देखिन्छ । विभिन्न मुलुकका सञ्चारमाध्यमले नेपाली स्कूलको पुस्तकमा सेलेनाबारे भएको चर्चालाई लिएर समाचार बनाइरहेका छन् ।

आठ वर्षअघि नेपाल आउँदा पनि सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । नेपालमा खिचिएका उनका तस्वीरहरु प्रशंसकमाझ निकै चर्चित रहे ।