पहिचानको मुद्दालाई कार्यान्वयनमा ल्याउँछौंः नेफिन झापा « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

पहिचानको मुद्दालाई कार्यान्वयनमा ल्याउँछौंः नेफिन झापा


यलम्वर टाइम्स
१२ भाद्र २०७९, आईतवार ११:०९

बिर्तामोड । पहिचानको मुद्दालाई कार्यान्वयन पक्षमा लान आफू पछि नहट्ने अध्यक्ष पाण्डपलाल चौधरीले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको सातौं अधिवेशनबाट सर्वसम्मत भएपछि चौधरीले झापाको स्थानीय पालिका अन्तर्गत गठन भएका महासंघलाई चलायमान गराउने, स्थानीय सरकारसँग हातेमालो गर्दै आदिवासी जनजातिका मुद्दामा सहयोगसँगै कार्यान्वय गर्ने यलम्वर टाइम्सको प्रश्नमा उक्त कुरा बताए ।

थारु कल्याणकारी सभाबाट प्रतिनिधित्व भएका अध्यक्ष चौधरी यसअघि महासंघका उपाध्यक्ष थिए भने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भएर जनजातिका मुद्दा उठाउँदै आएका थिए ।

यसरी नै उपाध्यक्षमा केवलराम राईले आदिवासीका मुद्दाहरु पछिल्लो पटक छरपस्ट भएर एक रुपता हुन नसकेको हुँदा त्यसलाई एकता गर्न हाम्रो सशक्त टीम अगाडि आएको बताए ।

त्यसरी नै उपाध्यक्ष रोहित खवास, लीला मगर, सचिवमा लक्ष्मण श्रेष्ठ, सहसचिवमा अनिता राजवंशी, कृष्ण माझी र दिलिप उराव चयन भएका छन् ।

उपाध्यक्षका तीनैजना र सहसचिवमा अनिता राजवंशी सर्वसम्मत भएका थिए भने सचिव र बाँकी दुई सहसचिव पदका लागि मतदान भएको थियो ।

सचिव पदमा लक्ष्मण श्रेष्ठले १३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी ओमप्रकाश खापुङले मात्र ८ मत पाएका थिए ।

त्यस्तै सहसचिवको प्रतिष्पर्धामा दिलिप उराव र कृष्ण माझी विजयी हुँदा बुद्धिराम सुनुवार पराजित भएका छन् ।

कोषाध्यक्ष पदमा मनोनयन गर्न बाँकी रहेको छ । त्यस्तै अन्य जातीय संस्थाका प्रतिनिधिहरु समितिको सदस्य रहनेछन् ।

समितिको कार्यकाल तीन वर्षको हुने जनाइएको छ । झापाका २१ वटा जातीय संस्था महासंघमा आवद्ध रहेका छन् ।

हिजो एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिर्तामोडमा अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा प्रमुख अतिथि राईले नेपालको सन्दर्भमा खस बाम्ह्णहरुको प्रभुत्व बढ्दै जाँदा पुस्तौअघि बस्दै आएका रैथानेहरुको अधिकार मेटाउन तल्लिन भएको प्रतिक्रिया दिए ।

उनले अगाडि भने, पहिचान र अधिकार कुरामा आदिवासी जनजातिहरुलाई दिलाउन नसक्ने दलहरुप्रति नजिक नहुन आग्रह गरे ।

यसरी नै अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले सक्षम र लिडर हुनबाट पछि हटे अधिकार प्राप्त नहुने बताए ।

नेपाली कांग्रेसका सभापति देउमान थेवेले ओली सरकारबाट आदिवासी रंगशालालाई हेर्ने दृष्टिकोण गलत भए पनि नेपाली कांग्रेस त्यसको पक्षमा रहेको बताए ।

जसपाका झापा अध्यक्ष दिपेनवाला राईले पहिचानलाई आत्मासाथ नगर्ने दलहरु प्रति नजिक हुनुपर्छ भन्ने छैन । त्यसैले पहिचान पक्षमा उभिने दलसँग नजिक हुन आदिवासीलाई आग्रह गरे ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले कम्युनिष्टबाट आदिवासीले पाउने अधिकार केपी ओलीको पालाबाट छर्लङ भएको बताए ।

महासंघका पूर्वमहासचिव नित्यानन्द ताजपुरियाले महासंघको विगतदेखि वर्तमानसम्मको गतिविधिबारे प्रस्ट्याएका थिए ।

भरतकुमार श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा विभिन्न जातीय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको सचिव विरेन मेचेले जानकारी दिए ।