नाइजेरियामा कुपोषण बढ्दै « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

नाइजेरियामा कुपोषण बढ्दै


यलम्वर टाइम्स
१३ भाद्र २०७९, सोमबार ०६:३६

एजेन्सी । संयुक्त राष्ट्रसंघले नाइजेरियामा द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ ।

राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले उक्त क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि आग्रह गरेको छ ।

सन् २०२१ को यो अवधिका तुलनामा यो वर्षको शुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै बढेको पाइएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ ।

सो क्षेत्रमा अहिले नै कम्तीमा पनि ४० लाख मानिसलाई खाद्यान्नको अभाव भएको छ । साथै यो वर्षभरिमा उक्त क्षेत्रमा ८० लाख मानिसलाई खाद्यान्न अभाव हुने अनुमान गरिएको बताइएको छ ।

सो क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायहरू समेत गरी अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरू गरी ११४ ले खाद्यान्न लगायतका मानवीय सहायताका सामग्री वितरण गर्दै आएका छन् ।

अझै पनि सो क्षेत्रमा खाद्यान्न अभाव रहेको पनि समाचारमा जनाइएको छ । खाद्यान्न एवं अत्यावश्यकीय मानवीय आवश्यकताका वस्तुको यहाँ खाँचो बढ्दै गएको छ । नाइजेरियामा आन्तरिक द्वन्द्व एवम् खडेरीका कारण केही वर्षदेखि समस्या उत्पन्न हुँदै आएको छ ।