९ वर्षीय छोरी लिएर आमा बेपत्ता « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

९ वर्षीय छोरी लिएर आमा बेपत्ता


यलम्वर टाइम्स
१३ भाद्र २०७९, सोमबार ०६:४४

झापा । मोरङ केराबारी ८ शान्ति टोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् ।

वेपत्ता हुनेमा २८ वर्षीय रीता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् ।

उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् ।

आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् ।

लामो समय विदेशका काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए ।

घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुनसक्ने बताए ।

यद्यपि आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन अपिल गरेका छन् ।