नगर प्रमुख गोम्देनलाई मातृ शोक « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

नगर प्रमुख गोम्देनलाई मातृ शोक


यलम्वर टाइम्स
१७ भाद्र २०७९, शुक्रबार १३:३८

कालिस्थान । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख तथा युवा नेता बलदेवसिंह गोम्देनलाई मातृ शोक परेको छ ।

उनका ममतामयी माता शिम्मा राई गोम्देनको शुक्रबार बिहान असामयिक निधन भएपछि शोक परेको हो ।

विगत केही वर्ष अघिदेखि शरीरमा अबुद्र्ध रोग देखापरेपछि नगर प्रमुख गोम्देनले नेपाल तथा भारतका विभिन्न परिचित अस्पतालमा उपचार गराउँदै आएका थिए ।

घरैमा औषधी सेवन गरेर आराम गरिरहेकी शिम्माको एक्कासी निधन भएपछि गोम्देन परिवार शोकमा परेको छ ।

नगर प्रमुख गोम्देनसहित मित्र गोम्देन र मनोज गोम्देनका ममतामयी माताको शुक्रबार बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।

शव यात्रामा एमालेका नेता, कलाकार, शिक्षक, बुद्धिजीवि, पत्रकार, महिला नेतृ लगायतको सहभागिता थियो भने कालिका शिशु सदनले स्व. शिम्माको निधनप्रति विद्यालय बन्द गरेको संस्थापक मोहन सुब्बाले बताए ।