किरात राई यायोक्खा झापाको नेतृत्वमा गणेशलाई « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

किरात राई यायोक्खा झापाको नेतृत्वमा गणेशलाई


यलम्वर टाइम्स
१९ भाद्र २०७९, आईतवार ०८:४५

काँकरभिट्टा । झापाको काँकरभिट्टामा सम्पन्न किरात राई यायोक्खा झापाको ८औं जिल्ला अधिवेशनले अध्यक्ष पदमा गणेश राईलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

शनिबार राति सम्पन्न अधिवेशनको बन्दसत्रले राईलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षद्वयमा केवलराम राई र लिला राई, सचिवमा सुसन राईलाई चयन गरेको हो ।

त्यस्तै सहसचिवत्रयमा क्रमशः चिजा राई, सन्देश राई र अर्जुन राई छन् भने कोषाध्यक्ष किसन राई र सहकोषाध्यक्ष आनन्द राई निर्वाचित भएका हुन् ।

सदस्यहरु क्रमशः तारा राई, अविरल राई, शिवराज राई, हिरण राई, हर्कराज राई, दिलकुमार राई, रामकुमारी राई, जतन राई, मानबहादुर राई, ज्ञानदीप राई, सुदीप राई, धनस्वरी राई, प्रकाश राई, सुनिल राई, गौरीमान राई र केडी राई चयन भए ।

अधिवेशनको उद्घाटनसत्रमा यायोक्खा संस्थापक उपाध्यक्ष जितमान राई, प्राद्यापक डाक्टर पृथ्वी विक्रम राई र नेत्ररोग विशेषज्ञ डा. सरदचन्द्र राईलाई सामाजिक, शैक्षिक र मानवीय सेवामा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको थियो ।

शनिबार इन्द्रमान चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा यायोक्खा उपाध्यक्ष जीवन हाताचो, प्रदेश संयोजक पारसमणि राई, प्रदेश सभा सदस्य राधा थापालगायत अतिथि सहभागी थिए ।