प्रदेश नं. १ का मुख्यमन्त्री राईलाई मातृ शोक « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

प्रदेश नं. १ का मुख्यमन्त्री राईलाई मातृ शोक


यलम्वर टाइम्स
२० भाद्र २०७९, सोमबार ०६:२६

झापा । प्रदेश १ का मुख्यमन्त्री तथा जनता समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी ममतामयी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज (सोमबार) निधन भएपछि शोक परेको हो ।

आमा धनकुमारी राईको बिराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचार हुँदै आएको थियो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको उपचारको क्रममा बिहान १०ः२५ बजे निधन भएको हो । राई निमोनियाबाट ग्रस्त थिइन् ।

स्वासप्रस्वासमा समस्या देखिएपछि सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ ।

राईका श्रीमन नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिलो छोरा ध्यानकुमार राई कान्छा छोरा मुख्यमन्त्री राई छन् भने एक छोरी मालादेवी राई छिन् ।

भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी बस्दै आएकी राईकी ८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि केहि दिनअघि उपचारको लागि हेलिकप्टर चार्टर गरेर विराटनगर ल्याइएको थियो ।

सचिवालयका अनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि सोमबार नै भोजपुर लगिने छ ।