क्षेत्र २ ‘ख’ मा हरि, चिन्तन लगायत चारको चर्चा « Yalambar Times
८ बैशाख २०८१, शनिबार

क्षेत्र २ ‘ख’ मा हरि, चिन्तन लगायत चारको चर्चा


यलम्वर टाइम्स
२० भाद्र २०७९, सोमबार ०६:४५

अर्जुनधारा । मंसीर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नं. २ ‘ख’ मा को उम्मेद्वार उठ्ने चर्चा चलिरहँदा एमालेका पुराना तथा प्रभावशाली नेता हरिकुमार रानाको नाम चर्चामा आएको छ ।

यद्यपी पार्टीका पूर्व झापा जिल्ला अध्यक्ष युवा नेता चिन्तन पाठकको नाम सँगसँगै उच्चारण भए पनि एमालेको जित्नुपर्छ भन्ने रणनीति अन्तर्गत हरिकुमार रानालाई उभ्याउँदा उपयुक्त हुने कार्यकर्ताहरुले भन्न थालेका छन् ।

आईतबार पार्टीको निर्णायक समितिले हरिकुमार राना, चिन्तन पाठक, रोहित ढकाल र देवीमाया भट्टराईको नाम सिफारिस गरेको छ । केन्द्रले जो उपयुक्त पात्र छान्छ या जित्न सक्ने नेतालाई उभ्याउँछ, त्यसलाई पूर्ण रुपमा सहयोग गरेर जाने प्रतिवद्धता भएको जनाइएको छ ।

युवा नेता पाठक पार्टीभित्रका लोकप्रिय मानिन्छ । निष्ठाको राजनीति गर्ने, विभिन्न आन्दोलनमा सरिक भई पार्टीलाई उचाईमा पुर्याउने व्यक्तिको रुपमा परिचित छन् ।

यता हरिकुमार राना विकास प्रेमी, हाँक्की स्वाभावका र कार्यकर्तालाई आइपर्दा काँध थाप्न पछि नहट्ने भएको हुँदा उनको नाम आउनु स्वाभाविक भएको एक अग्रज नेताले नाम उल्लेख नगर्ने शर्तमा प्रतिक्रिया दिए ।

झापा अर्जुनधारा मात्र होइन, उसबेला शनिश्चरे, खुदुनाबारी र बुधबारे क्षेत्रमा एमाले पार्टीलाई स्थापित गराउन उनको ठूलो योगदान रहेको उल्लेख छ ।

उनकै पालामा अर्जुनधारा नगरपालिका क्षेत्रको विकासको बाटो बनेको हो, एक कार्यकर्ताले बताए ।

रोहित ढकाल भने युवा समाजसेवी तथा लामो समय शिक्षा क्षेत्रमा अभिभावक भएर बसेका नेता हुन् । यता देवीमाया अनेम संघका केन्द्रीय सदस्य भई विभिन्न ओहोदामा रहेर महिला नेतृको रुपमा परिचित छिन् ।


नाम आ–आफ्नै ढंगबाट आए पनि आधिकारीक निर्णय भने हुन बाँकी रहेको पार्टीले जनाएको छ । यसरी नै संघको उम्मेद्वारी दिनेमा देवराज घिमिरे र अग्नी खरेलको नाम अगाडि आएको छ ।