महिला साफ च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

महिला साफ च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै


यलम्वर टाइम्स
२१ भाद्र २०७९, मंगलवार ०९:१२

झापा । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप आज (मंगलबार)बाट काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ ।

नेपाली समय अनुसार ५ः३० बजेबाट सुरु हुने च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग खेल्दैछ ।

भुटानविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रदैछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

टोलीसँग नेपालको सर्वाधिक गोलकर्ता रहेकी सावित्रा भण्डारी ‘साम्वा’, हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, विमला विक, विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, अनिता बस्नेत, अनिता केसी र रश्मी कुमारी घिसिङसँगै रेखा कुमारी पौडेल, रहेका छन् ।

मिडफिल्डर दीपा शाहीले सुरुवाती रोजाईमै डेब्यु पाउने सम्भावना छ ।

नेपाल एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा पहिलो पटक मैदान उत्रदैछ । यसपटक साफमा ७ देशले सहभागिता जनाएको छ ।

प्रतियोगितामा नेपालसँगै भुटान र श्रीलंका समूह ‘बी’ मा छन् । त्यस्तै समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।