अर्जुनधारामा नेपाल बुद्धिजीवि परिषद गठन « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा नेपाल बुद्धिजीवि परिषद गठन


यलम्वर टाइम्स
२१ भाद्र २०७९, मंगलवार ०९:२५

अर्जुनधारा । नेपाल बुद्धिजीवि परिषद अर्जुनधाराको प्रथम नगरस्तरीय भेला शनिबार सम्पन भएको छ ।

परिषदले गत वर्ष स्थानीय तहस्तरसम्म कमिटी संरचना रहने गरी विधान संशोधन गरेकोले सबै स्थानीय तहहरुमा कमिटी गठन गर्ने अभियान अन्तर्गत भेला आयोजना गरिएको हो ।

नेकपा एमाले अर्जुनधारा नगर कमिटीको कार्यालय, शनिश्चरेमा आयोजित भेलाले कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्ष, सचिव, दुईजना उपसचिव र कोषाध्यक्षमा क्रमशः देवीप्रसाद गौतम, चन्द्र खत्री, रञ्जना कार्की, केशव खनाल र दुर्गादेवी गिरी चयन भएका छन् भने सदस्यहरुमा राजेश कार्की, यज्ञप्रसाद सिटौला, सञ्जय अछामी, तोयानाथ काफ्ले, कृष्णप्रसाद भट्टराई , लक्ष्मी रिजाल, कृष्णकुमार भट्टराई , शुक्रराज घिमिरे र खेम रेग्मी निर्वाचित भएका छन् ।

भेलाले विज्ञताको विविध क्षेत्रहरु र समावेशितालाई ध्यान दिँदै ६ जना सदस्यहरु मनोनीत गर्ने अधिकार नवगठित नगर कमिटीलाई प्रदान गरेको छ । यसैगरी भेलाले रुद्रबहादुर न्यौपाने र हेमबहादुर पौडेललाई परिषदको प्रदेश प्रतिनिधि चयन गरेको छ ।

परिषदको झापा जिल्ला कमिटीको कोषाध्यक्ष कमला आचार्य उप्रेतीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि जेष्ठ कम्युनिष्ट मञ्चको झापा संयोजक बद्री ओली, नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्यहरु बद्री भट्टराई र दीपेन्द्र लम्साल, एमाले नगर कमिटी उपाध्यक्ष लोकमान श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, झापा जिल्ला समिति उपाध्यक्ष पुण्य सुवेदी लगायतले बुद्धिजीवीहरुको सङ्गठनको आवश्यकता, बुद्धिजीवीहरुको जिम्मेवारी , पार्टीसँगको सम्बन्ध, नवगठित नगर कमिटीको कार्यभारका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन नेकपा एमाले नगर कमिटी सचिव लवकुश गौतमले गरेका थिए ।