सनराइज बैंकद्वारा पाउ पाथीभरामा डिजिटल घडी « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

सनराइज बैंकद्वारा पाउ पाथीभरामा डिजिटल घडी


यलम्वर टाइम्स
२१ भाद्र २०७९, मंगलवार ०९:४६

बिर्तामोड । सनराइज बैंक बिर्तामोड शाखाले झापाको मेचीनगर –१३ स्थित चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरमा एकथान डिजिटल घडी प्रदान गरेको छ ।

पछिल्लो समय धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पाउ पाथीभरा मन्दिरमा आउने भक्तजनलाई यहाँको तापक्रम, समय र सूचनामुलक जानकारी प्रदान गर्ने उद्देश्यले एकथान डिजिटल घडी प्रदान गरिएको सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले बताए ।

सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपाल, सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलालगायतले पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार प्रवद्र्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सहजीकरण सनराइज बैंक बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले गरेको वरिष्ठ सहायक श्यामकुमार गुरुङले जानकारी दिए ।

यसैबीच सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ ।

सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गरेको सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले बताए ।