राप्रपा अध्यक्ष लिङ्देन गृह जिल्ला झापामै व्यस्त « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

राप्रपा अध्यक्ष लिङ्देन गृह जिल्ला झापामै व्यस्त


यलम्वर टाइम्स
२६ भाद्र २०७९, आईतवार ०६:०३

 

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन गृह जिल्ला झापामा व्यस्त रहेका छन् ।

झापाको क्षेत्र नम्बर ३ मा उम्मेद्वारी घोषणा गरेका अध्यक्ष लिङ्गदेन निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत कार्यकता भेटघाटमा व्यस्त छन् ।

झापाको हल्दीवारीमा भएको कायकर्ता भेटघाट र अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गरेका अध्यक्ष लिङ्गदेन भद्रपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा समेत सहभागी थिए ।

क्षेत्र न. ३ प्रदेश ‘क’ को आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्गदेनले सम्बोधन गरेका हुन् ।

प्रशिक्षण कार्यक्रममा प्रदेश ’क’ का १५० जना अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्यहरु, जिल्ला, प्रदेश सभा, क्षेत्र, नगर तथा वडा समितिका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लिङ्गदेनले कार्यकर्ताहरुलाई पार्टीका कार्यदिशा र निर्वाचन लक्षित गतिविधिबारे कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

अन्य प्रशिक्षकहरु केन्द्रिय सहायक महामन्त्री रमाकान्त न्यौपाने, प्रशिक्षण विभाग सदस्य खुश्बु ओली रहेको झापा जिल्ला कार्यसमिति सचिव अभिषेक ढुंगानाले बताए ।

प्रदेश सभा ‘क’ अध्यक्ष पूर्ण राना मगरको सभातित्वमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख तथा पार्टी नगर अध्यक्ष राधा कार्कीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन झापा जिल्ला सचिव अभिषेक ढुंगानाले गरेका थिए ।

भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की