अर्जुनधारामा पूर्व महिला जनप्रतिनिधिलाई पैरवी तालिम सुरु « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधारामा पूर्व महिला जनप्रतिनिधिलाई पैरवी तालिम सुरु


यलम्वर टाइम्स
५ आश्विन २०७९, बुधबार ०८:४५

 

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाका पूर्व महिला जनप्रतिनिधिहरुलाई पैरवी तालिम आज (बुधबार) बाट सुरु गरिएको छ ।

दलित महिला केन्द्र नेपालको आयोजना तथा आईएफइएसको प्राविधिक सहयोग र अष्ट्रेलियन एड र स्विस सरकारको आर्थिक सहयोगमा अर्जुनधाराका पूर्व महिला जनप्रतिनिधि लक्षित महिला नेतृत्व कार्यक्रम पैरवी सम्बन्धी प्रशिक्षण सुरु गरिएको हो ।

प्रशिक्षणमा अर्जुनधारा नगरपालिकाका पूर्व जनप्रतिनिधि महिला सदस्य, दलित महिला सदस्यहरुको सहभागीता रहेको छ ।

दलित महिला केन्द्रकी जुनियर अफिसर ज्योति राजवंशी महिलाका विषयमा पैरवी गर्न सक्ने र आफ्नो अधिकारको दाबी गर्न सहयोग पुग्ने बताइन् ।

प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने दलित महिला केन्द्रकी झापा संयोजक सम्झना पोखरेलले जानकारी दिइन् ।

पूर्व जनप्रतिधि महिलालाई राजनीति र सामाजिक रुपमा नेतृत्व विकास गराउन पैरवी तालिमको महत्वपूर्ण भूमिका रहेन संयोजक पोखरेलले बताइन् ।

प्रशिक्षणमा पैरवीको पुनरावलोकन, पैरवीका विषयवस्तुहरु, समस्या विश्लेषण, पैरवीको उद्देश्य निर्धारण, पैरवी सन्देशको परिचय, सरोकारवालाको विश्लेषण सरोकारवालासँग सहकार्य र पैरवी योजना निर्माणका विषयमा चर्चा गरिने छ ।

प्रशिक्षणमा सहजीकरण शी लिड्स नेपालका पुनम मण्डल र नरेश खातीले गरिरहेका छन् ।