ऋणको होइन मिलनको पर्व बनोस् « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

ऋणको होइन मिलनको पर्व बनोस्


यलम्वर टाइम्स
१८ आश्विन २०७९, मंगलवार ०७:०१

हिन्दूहरुको महान पर्व विजया दशमी सोमबार १० गतेबाट नेपालीको घरआँगनमा भित्रिएको छ । वर्षमा एकपल्ट उल्लासमय ढंगले मनाउने यो पर्व मुलुककै उत्कृष्ट पर्वको रुपमा मनाउने गरिन्छ । हिन्दूहरुले मात्र होइन नेपालीजनले मनमनमा राखेर शुभकामना आदनप्रदान गर्दै मीठो मसिनो खाँदै रमाउँदै विदा गर्ने गरिन्छ ।

उत्साह र उमंगको पर्व भनिए पनि कतिपय नेपालीमा आर्थिक अभावले यो पर्व टार्न धौ–धौ भएको हामी पाउँछौं । हुने खानेलाई त राम्रो नै होला, तर हुँदा खााने मानिसलाई भने बडादशैं कष्टको पर्व भएको छ । दुःख, कष्ट जे जस्तो भए पनि हुने खानेले हुँदा खानेलाई सम्मान सहयोग गर्नु जरुरी छ । आर्थिक अभावले चुलो नबलेको हाम्रो समाज शहरमाभन्दा गाउँमा बढी देखिन्छ । त्यसमा पनि गाउँगाउँ पुगेर सदस्य बनाई किस्ता वितरण गर्ने वित्तीय सहकारीले अझ आक्रान्त र भयवित बनाएको हामी देख्छौं । यी सबै पीडा एक ठाउँमा त छदैछ, त्यस्तो हुन र आउन नदिन बचाउने, चलाउने तरिका (बचत) को ज्ञान दिए समूह परिवारको विकास हुन सक्छ । समाज भित्रभित्रै मिटर व्याजले पनि पिरोलेको छ । यस्तो अवस्था हुन नदिन छिमेकी, हितैसी साथीहरुले महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । पर्वको रुपमा मिटर व्याजमा पैसा लिनेपछि पछुताउने रणनीतिको अन्त्य गर्न सबै लाग्न जरुरी छ ।

पर्व त आउँछ, जान्छ । हाम्रो समाज र चलेको समय हामीसँगै हूँदा पर्वको नाममा धेरै ऋण बोक्न जरुरी छैन । उसको घरमा प्रशस्त समान छ, धेरै धोकले भरिपूर्ण भयो भनेर ऋण काट्दै घर सज्जाउनु र सज्जिनु उपयुक्त हुँदैन । अर्थशास्त्री भाषामा यो घातक प्रतिस्पर्धा हो भनिएको छ । त्यसैले मितव्यता अपनाउँदै ऋणमा नभई मिलनको रुपमा पर्व मनाउन जरुरी छ । एकले अर्काको प्रशंसा, शुभकामना र स्वास्थ्य सन्देश दर्शाउन जरुरी छ ।