नारी शक्तिको उपयोग र बिद्रोहीहरुको दमन हो बडादशैं « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

नारी शक्तिको उपयोग र बिद्रोहीहरुको दमन हो बडादशैं


यलम्वर टाइम्स
१८ आश्विन २०७९, मंगलवार १०:१४

दशैं ! यो नेपालीहरुको प्रख्यात चाड हो । दशैंलाई नेपालले राष्ट्रिय चाडको रुपमा लिदा पनि फरक नपर्ला । विजय दशमी वा दशेरा जे भने पनि हामी नेपालीहरुमा चाहिं दशैं नामले यो चाड प्रख्यात छ । जमरा टिका ग्रहण गर्दै ठूलाबढाको हातबाट आर्शिवाद लिने संस्कार नेपाली समुदायमा मात्र भएको हुनाले कसै कसैले दशैं नेपाली र नेपाली भाषी समुदायको चाड हो भनि तर्क पनि गर्ने गर्छन् । नेपाल बाहेक नेपाली समुदाय बसेका बिभिन्न देशहरुमा नेपाली संस्कार झल्कने दशंै मनाएको हामी समचार र समाजिक सञ्जालमा देख्न अनि पढ्न सक्छौ ।

हिन्दू पौणानिक कथाहरुमा दशैंलाई जसरी बुजाए पनि समग्रमा दशैंलाई बुझ्न सप्तशती (चण्डी) र देवीभागवत् महापुराणको ठेली नै पल्टाउनु पर्ने हुन्छ । संक्षिप्तमा भन्नु पर्दा राज्य व्यवस्थाले दबाएर राखेको वा राज्यमा परिवर्तन चहाने बिद्रोही आवाज वा समुदायलाई प्रजातन्त्र भनिने व्यवस्थामा आतंककारी, पञ्चयती व्यवस्थामा उग्रवादी र राणा शासनमा देशद्रोही भनिन्थ्यो । त्यसै गरी पौराणिककाल खण्डमा शासकको दमन र अत्याचार विरुद्ध उठेका समुदाय वा व्यक्तिहरुलाई राक्षस, दैत्य, दानव (असुर) भनेर प्रतिकार गरिन्थ्यो ।

यसरी आफैलाई शक्ति र शासनको आडमा देव वा देवातारको रुपमा अहंकार गर्ने तत्कालिन राज्य शासकहरुको दमनलाई प्रतिरोध गर्दै जनताहरुलाई जागरुक बनाउदै उनीहरुको सम्पूर्ण राज्यहरुमा हलचल मच्चाउन सफल शुम्भ निशुम्भ, चण्डमुण्ड, रक्तबिज, मैषासुर जस्ता विभिन्न नामका शुरवीरहरुलाई दैत्य, राक्षस भनेर शत्रु घोषण गरी प्रतिकार गरको बुझिन्छ । त्यति बेलाको शासकहरु यी बिद्रोही समुदायलाई दमन गर्न सक्दैनन् । त्यहि असफलताको लाचारी पन र बिद्रोहीको हमलाबाट बच्न डर अनि त्रासले ग्रसित राज्यका शासकहरुले ‘शिवशक्ति बाहिनी भगवती’ भन्दै नवदुर्गा अवतारको बहानामा केहि सक्षम, सुन्दरी र इमान्दार नारीहरुलाई षड्यान्त्रपूर्वक ती बिद्रोही समुदायलाई दमन गर्न लगाइन्छ । सो जिम्मेवारी सफलता पूर्व नवदुर्गाले निर्वाह गरि बिद्रोहीहरुबाट राज्य बचाइदिएको दिनलाई नै बिजयदशमी मानि आएको शास्त्रीय भनाइ छ ।

तपाई हामीले दशैंलाई जसरी लिए पनि यो नेपालीहरुको उत्सव हो । टीका र जमरा ग्रहण गर्दै अशिर्वाद लिएर चंगा उडाउदै लिंगे पिङ खेल्दै साथी भाई आफन्तसँग रमाउदै मनाउने नेपाली संस्कार बोके चाड हो दशैं । टाढा रहेका आफन्तहरु एउटै घरमा भेला भइ सुख, दुःख साट्ने अवसर हो दशैं । के हिन्दू, के किरात, न त बौद्ध नै सबै सबैले स–सम्मान मनाउने नेपाली चाड हो दशैं । यसको केहि बिकृती बिसंगती होला त्यसलाई सुधार्दै सबैको अपनत्व पर्वको रुपमा पुस्तान्तरण लागि नेपाली संस्कारलाई संरक्षण गर्दै लानुपर्छ ।