कात्तिक २ र ३ मा भिटामिन ए खुवाइने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

कात्तिक २ र ३ मा भिटामिन ए खुवाइने


यलम्वर टाइम्स
३० आश्विन २०७९, आईतवार ०४:५०

झापा । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।

भिटामिन ए कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ ।

यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।