बजार अनुगमन पुनः गरिनुपर्छ « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

बजार अनुगमन पुनः गरिनुपर्छ


यलम्वर टाइम्स
३१ आश्विन २०७९, सोमबार ०६:५६

चाडवाडमा मात्र होइन अरु बेला पनि बजारको अनुगमन गर्न जरुरी देखिन्छ । विजयदशमी अघि जसरी अनुगमन गरियो । त्यसरी नै जिल्ला प्रशासनले पालिकामार्फत प्रत्येक महिनामा अनुगमन गर्नुपर्ने माग उठेको छ । दैनिक उपभोग्य सामग्रीमा मिसावट, ढक तराजु जस्ता नाप तौलमा पनि अनुगमन आवश्यक रहेको देखिन्छ ।

दशैं अघि जिल्ला प्रशासनले गरेको अनगमन प्रभावकारी नै थियो । त्यो अधिकार पालिका हुँदै वडासम्म गर्ने नियम छ । तर पालिका र वडाले अनुगमन समिति निर्माण गरेर बजारमा जानुपर्ने कार्य नगरको हुँदा दैनिक उपभोग्य सामग्रीमा जनताले मार खेप्नुपरेको देखिन्छ ।

जनता आफै सचेत त छन् नै तर कानुन हातमा लिएर आफै अनुगमन गर्नु कानुन विपरित भएको हुँदा प्रशासनले नगर र वडालाई झक्झक्याउँदै अनुगमनलाई तीब्र पार्न सके उपभोक्ताहरु मिसावट, ठगी र कालोबजारी जस्ता कार्यबाट सुरक्षित रहने थिए ।