उही उम्मेद्वार उही मुद्दा « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

उही उम्मेद्वार उही मुद्दा


यलम्वर टाइम्स
७ कार्तिक २०७९, सोमबार ०९:४०

निर्वाचन आयोगले चुनावी माहोललाई खर्चालु र बाजागाजा सहितको प्रचार अभियानलाई केही छेकबार लगाए पनि दलहरुले उही उम्मेद्वारी उठाउने र पुरानै मुद्दालाई बिउँझ्याउने बाहेक अर्को ठोस योजना जनतामाझ ल्याउन सकेनन् । प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रबाट २०७२ को संविधानसम्म आइपुग्दा पनि ०७९ को निर्वाचनमा पनि अधिकांश पुरानै अनुहारका उम्मेद्वार देखिनु र पुरानै मुद्दा उठाउनुको पछाडी दलहरुलाई जनताले प्रश्न राख्न थालेका छन् ।

वैज्ञानिक युग र प्राविधिक शिक्षामा युवा शक्तिहरु बहगीरहेको बेला ३० वर्ष अगाडिको मुद्दा दलहरुले ती युवाहरुमाथि राख्दा अधिकांश स्वतन्त्र उम्मेद्वारको हाबी त्यतिकै आएको होइन । त्यसले पनि पुरानो मुद्दा र पुरानै मान्छेको अनुहार जनतामाझ आएका कारण स्वतन्त्र र साना दलको अवसर ह्वात्तै उठ्न सक्ने देखिन्छ । यसपाली २०७९ मा दर्ता भएको दल सरहको स्वतन्त्र उम्मेद्वारको संख्या हेर्दा दलमाथिको बितृष्णा पो हुँदै आएको हो कि ? भन्ने भाव भएको छ ।

पुरानै मान्छे, पुरानै मुद्दा, विकास कति भयो त ? कुन दलले कति पटक विजय हाँसिल गरेर त्यस क्षेत्रमा के–के गर्न सकेछन् ? यो विषयमा जनता चनाखो बनिसकेका छन् । युवा शक्तिहरु पनि त्यस विषयमा निपूर्ण छन् । बेलैमा ठूला दलहरुले ख्याल नगरेकै कारण स्वतन्त्रहरुको उपस्थिति भएको देखिन्छ । रै पनि निर्वाचन सफल बनाउन तपाई हामी सबैको कर्तव्य भएको कारण विवेक पुर्याउन वान्छनिय छ ।