नव युवा क्लबको परम्परागत देउसीभैलो, सांस्कृतिक कार्यक्रम सम्पन्न « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

नव युवा क्लबको परम्परागत देउसीभैलो, सांस्कृतिक कार्यक्रम सम्पन्न


यलम्वर टाइम्स
१३ कार्तिक २०७९, आईतवार ०८:०२

मिलडाँडा । शुभ दीपावली तथा छठ पर्वको अवसरमा झापाको अर्जुनधारा–४ र ७ स्थित नव युवा क्लबको आयोजनामा सामुहिक देउसीभैलो एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मिलडाँडा स्थित एकता चौकको प्राङ्गणमा क्लबका अध्यक्ष देवेन्द्र मैनालीको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

आयोजक नव युवा क्लब, सिर्जना बाल युवा क्लब, सूर्यज्योती अङग्रेजी आवासीय विद्यालय र दी वल्र्ड डान्स सेन्टरका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा छ जनालाई क्लबको आजीवन सदस्यताको प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

तिहारको समापनसँगै सालिने हुने सामूहिक देउसी–भैलो कार्यक्रमबाट संकलित रकम भवन निर्माणका लागि प्रयोग गरिने बताइयो ।

सोही कार्यक्रममा नगर प्रमुख तामाङले संस्थाको हितका लागि आफू तयार रहेको बताए ।

कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवालले शुभकामना मन्तव्य राख्दै एकता चोकको उदाहरणीय गतिशिलता प्रति प्रशंसा गरेका थिए ।

क्लबका सल्लाहकार एवम् नगर कार्यपालिका सदस्य कौशिलाल परियार ‘भोला’ले स्वागत गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव पूर्णबहादुर भूजेल ‘दिनेश’ले गरेको हाम्रा प्रतिनिधि दीपसन राईले जानकारी दिए ।