कथावस्तु सशक्त भए हजुरआमा हुन पनि तयार छु’ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

कथावस्तु सशक्त भए हजुरआमा हुन पनि तयार छु’


यलम्वर टाइम्स
२० कार्तिक २०७९, आईतवार ०६:२३

अभिनेत्री करिश्मा मानन्धरले कथावस्तु सशक्त भए हजुरआमाको रोल पनि गर्न तयार रहेको बताएकी छिन् । हिरोइनको भूमिकाभन्दा आमा र दिदीको भूमिकाबाट प्रस्ताव बढी आउन थालेपछि उनले फिल्ममा काम गर्न नचाहेको भन्ने चर्चा चल्दा करिश्माले यो कुरालाई अस्वीकार गरेकी हुन् ।

आफू अभिनीत फिल्म ‘बगान’को गीत रिलिज कार्यक्रममा उनले भनिन्, ‘मलाई आमा त के हजुरआमाको रोल गर्न पनि कुनै समस्या छैन । तर, मैले सानो रोल गरेर दर्शकको अपेक्षालाई निराशामा परिणत गर्न चाहन्न थिएँ । मैले निभाउने भूमिकामा केही नयाँ होस् भन्ने चाहन्थेँ । ‘बगान’मा मैले खोजेको जस्तो भूमिका थियो र गरेँ । मलाई जस्तोसुकै रोल गर्न पनि आपत्ति छैन ।’

उमेर ढल्किँदै गएपछि अध्ययन र राजनीतिमा सक्रिय भएकी करिश्मा फिल्म अभिनयमा भने केही वर्षयता निस्क्रिय जस्तै छिन् ।