क्षेत्र नं. २ मा जनताको सारथी बन्न इच्छुक मैनाली र राना « Yalambar Times
१३ चैत्र २०८०, मंगलवार

क्षेत्र नं. २ मा जनताको सारथी बन्न इच्छुक मैनाली र राना


यलम्वर टाइम्स
२६ कार्तिक २०७९, शनिबार ०६:४७

अर्जुनधारा । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका प्रदेशसभा सदस्य उम्मेद्वार खगेन्द्र मैनालीले क्षेत्र नं. २ ‘ख’ को समस्याको विषयमा आफ्ना धारणा जनतामाझ राख्दै आएका छन् ।

क्षेत्र नं. २ ‘ख’ अन्तर्गत भएको घरदैलो अभियान कार्यक्रममा उम्मेद्वार मैनालीले यस क्षेत्र अत्याधिक उब्जनी क्षेत्र भएर पनि सिचाईंको अभावले किसानहरु पीडित भएको कारण त्यसको निकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यहाँहरुको मत खेर जान नदिनका लागि विजय प्राप्त भए सधैव यसै क्षेत्रका जनतामाझ रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । असंख्यक सुकुम्बासी बसोबास भएको क्षेत्र भएको हुँदा आधारसहित १० वर्ष भोगचलन गरेको किसानलाई धनीपूर्जा दिने नीति भएको कारण विजय प्राप्त भए लालपूर्जा वितरणमा लागि पर्ने बताए ।

सुकुम्बासी जस्तै खोलाधारमा जीवन बिताइरहेका जनताका लागि तटबन्धन, हात्ती पीडितका लागि सुरक्षित स्थल, बेरोजगार युवाहरुको लागि रोजगारको बाटो निर्माण, आदिवासी जनजातिहरुका लागि अधिकार र रोजगारको बाटोमा आफू लागि पर्ने बताए ।

मदनपुरमा आयोजित कार्यक्रममा यसअघि निर्वाचित जनप्रतिनिधिहरुले के कति काम गरे त्यसको आलोचना गर्न चाहन्न । मसँगै गठबन्धनका बाम उम्मेद्वार हरिकुमार राना हुनुहुन्छ उहाँ पनि विकास प्रेमी भएकै कारण हामी दुईले विजयी हाँसिल गरे जनताको अधिकारसँगै गाँस, बास, कपास, शिक्षा र रोजगारमा लागि पर्ने बताए ।

बिर्तामोडमा आयोजित आदिवासी कार्यक्रममा प्रदेश उम्मेद्वार मैनालीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कार संस्कृति र मठमन्दिरसँगै पहिचान स्थापनाका लागि आफू तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

अर्जुनधाराको मंगलबारे बजारमा आयोजित कार्यक्रममा उम्मेद्वार मैनालीले युवा शक्ति देश निर्माणको लागि यहाँहरुको घरआँगनमा मत माग्न आएका छौं, विश्वास छ विजयी गराई जनताको सारथी बन्न सहयोग गर्नुहुनेछ ।

बुद्धशान्तिमा आयोजित कार्यक्रममा उम्मेद्वार मैनालीले क्षेत्र नं. २ मिश्रित बसोबास भएको क्षेत्र हो, कसैलाई काखा र कसैलाई पाखा गरिने छैन । उनले वाक स्वतन्त्रता र नेपालीको नैसर्गिक अधिकारको लागि मत माग्दै गठबन्धनलाई विजयी गराउन आग्रह समेत गरेका थिए । शालिन र भद्र स्वाभावका मैनाली युवाहरुमा लोकप्रिय मानिन्छन् ।