स्ट्रेन्थ लिफ्टिङ संघ झापामा मेचे « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

स्ट्रेन्थ लिफ्टिङ संघ झापामा मेचे


यलम्वर टाइम्स
२८ कार्तिक २०७९, सोमबार ०४:४७

भद्रपुर । स्ट्रेन्थ लिफ्टिङ्ग संघ झापाको अध्यक्षमा रोविन मेचे चयन भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको प्रमुख आतिथ्य तथा स्ट्रेन्थ लिफ्टिङ केन्द्रीय समितिका महासचिव जीवन गिरीको उपस्थितिमा मेचेको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्माण गरेको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय भद्रपुरमा आयोजित भेलालले नवगठित समितिको उपाध्यक्षमा चन्द्र राना (लाफा), सचिवमा चुडामणि दाहाल (राजु) लाई चयन गरेको छ ।

त्यस्तै समितिको सहसचिवमा निशा पोमु, कोषाध्यक्षमा मेनुका पौडेल चयन भएकी छन् भने सदस्यमा खेमराज श्रेष्ठ, मानबहादुर गिरी, होमबहादुर राई रणधिर राजवंशी, धनन्जय गणेश, ललित धिमाल, रक्की धिमाल र विनु थपलिया रहेका छन् ।

नयाँ कार्यसमितिको सल्लाहकारमा हरिलाल धिमाल र सिजरराज भण्डारीलाई मनोनित गरिएको नवनिर्वाचित उपाध्यक्ष लाफाले जानकारी दिए ।

यसअघि अर्जुन लम्सालको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।