मंसीर १ गतेबाट जलेश्वरधाममा ४० औं अनुष्ठान भव्य हुँदै « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

मंसीर १ गतेबाट जलेश्वरधाममा ४० औं अनुष्ठान भव्य हुँदै


यलम्वर टाइम्स
२८ कार्तिक २०७९, सोमबार ०९:०४

अर्जुनधारा । पूर्वकै प्रख्यात शिवालय अर्जुनधारा जलेश्वरधाममा ४० औं वार्षिक अनुष्ठान मंसीर १ गतेबाट हुने भएको छ ।

अनुष्ठानमा यो पटक ब्रम्हाण्ड महापुराण कथा वाचन हुने भएको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

जलेश्वरधामका व्यासाचार्य पं. कुबेर सुवेदी प्रमुख वाचक तथा पं. हेमन्त भण्डारी उपवाचकको मुखरावृन्दबाट कथा प्रवचन हुने पुराणमा संगीतमय धुनका साथ मंसीर ६ गते बालाचतुर्दशीका दिन शतबीज रोपण गरी समापन हुने बताइएको छ ।

पुराणलाई पूर्णता दिनका लागि विभिन्न उपसमिति समेत निर्माण भएको छ ।

१ गते बिहान ९ः३० बजे कलश यात्रा गरिने भएको छ भने कलश यात्रामा धर्मानुरागी सज्जनवृन्दहरुलाई सहभागिता जनाइदिनका लागि अनुरोध गरिएको छ ।

यसरी नै २ गते दैनिक कथा वाचन भक्तिमय भजन गरिदै साँझ गंगा आरती गरिनेछ । यसै बीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याञ्चल, दैनिक हवन, भुमिदान जस्ता कार्य गरिने धाम समितिले बताएको छ ।

५ गते लक्ष्यबत्र्तिका प्रज्वलन साँझ ६ बजेबाट गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाईको छ भने बिहान शतबीज रोपण पश्चात तिलक प्रसाद वितरण गर्दै यज्ञ समापन हुने धामले जनाएको छ ।

आम निर्वाचनका कारण प्रचारप्रसारमा कमि नआउन पनि विभिन्न सञ्चारमाध्यम मार्फत आम जनतालाई सूसुचित गराउँदै आएको हुँदा यो वर्ष पनि अर्जुनधारा जलेश्वरधाममा पितृहरुको कर्मलाई सम्झदै धर्म प्रेमीहरुको उल्लेखीय उपस्थिति हुने धामले विश्वास लिएको अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

यतिखेर धामलाई शोभनिय बनाउनका लागि महासचिव शिव खतिवडा, वरिष्ट उपाध्यक्ष भिमचन्द्र भट्टराई लगायतका टिमहरु खटिएको बताउँदै शान्ति सुरक्षा, यातायात बजार व्यवस्थापन पनि बनाइएको कोषाध्यक्ष जोशीले जानकारी दिए ।