लोभ लाल्चामा नफसेकै जाती « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

लोभ लाल्चामा नफसेकै जाती


यलम्वर टाइम्स
३० कार्तिक २०७९, बुधबार ०७:४८

आसन्न निर्वाचन अब ४ दिन मात्र बाँकी छ । ५ वर्षमा एक पटक आम नेपाली जनता माझ आउने निर्वाचनबाट नेताहरु म्याण्डेट भएर जाने दिन पनि हो । यो चार दिनको समयमा नेताहरुले सर्वसाधारणलाई फकाएर लोभलाल्चा देखाएर मत संकलन गर्ने भएको हुँदा त्यस्तो लाल्चामा नफस्न निर्वाचन आयोगले अनुरोध गरिरहेको छ । हुन पनि हो, यसअघि त्यही वाचा कसेर आउनेहरुले जनतामाझ के गरे त्यसको जवाफ दलहरुमा छैन । त्यसैले लोभलाल्चामा नफसी आत्मैबाट समिक्षा गरि मतदान गर्न आवश्यक देखिन्छ ।

विगतका समयमा गरिब असहायहरुलाई मतदान गर्नुअघि अनेकौं लोभलाल्चामा फसाएर मत फुस्काई सत्तामा पुगी जनतालाई झुक्याएको तीतो यथार्थ हाम्रो सामु छ । विभिन्न सञ्चारमाध्यमले भन्दै आएको छ । भोजभतेर खुवाएर आफ्नो पक्षमा मत जाहेर गर्न भनिएको घटना रौतहट २ मा उदांगिएको छ । तपाई हामी कल्पना गरौं, उम्मेद्वारको एक छाक मीठो खाँदैमा, २ पैसा प्राप्त हुँदैमा त्यसको पछि कुद्यौं भने विगत झै ऋणको भार नेपाली थाप्लोमा थपिने छ ।

गत ०७४ को चुनावमा एक नेपाली नागरिकको टाउँकोमा ३२ हजार ऋण देखिन्थ्यो भने २०७९ सम्म आउँदा ५९ हजार ऋण भएको अर्थ विद्हरुले भनिरहेको अवस्था छ । त्यसैले पनि दलहरुको लाल्चामा लागेर मत जाहेर गर्नु भविष्यको लागि पछुतो हुने देखिन्छ । स्वविवेक प्रयोग गरि मतलाई नबेची मतदान गर्न सान्दर्भीकता हुन जान्छ ।