गुरुको आशिर्वाद र जनताको मत खेर फाल्न दिन्नः इलाम–२ उम्मेद्वार पालुङ्वा « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

गुरुको आशिर्वाद र जनताको मत खेर फाल्न दिन्नः इलाम–२ उम्मेद्वार पालुङ्वा


यलम्वर टाइम्स
३० कार्तिक २०७९, बुधबार ०८:०७

माङ्सेबुङ । इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार केपी पालुङ्वाले गुरुको आशिर्वाद र क्षेत्र नं. २ का जनताले दिएको मतलाई खेर फाल्न नदिने वचन दिएका छन् ।

इलाममा आयोजित पत्रकार सम्मेलनमा उम्मेद्वार पालुङ्वाले आपत आईपर्दा किरात धर्म गुरुको आशिर्वाद थाप्ने विजयपछि बेवास्था गर्ने भएको हुँदा त्यो कार्यलाई जनमुक्ति पार्टीले कदापी त्यस्तो हुन नदिने बताएका छन् । इलाम क्षेत्र नं. २ अत्यन्त कष्ठपूर्ण जीवन व्यतित गरेका जनताहरुको सघन बस्ती हो ।

यहाँका जनताको पीडा मार्का र त्यस क्षेत्रको पहिचान मैले राम्ररी बुझेको छु । उहाँहरुको न्यानो साथ र माया यो पटक रहनेछ भन्ने आशा गर्दै आफू विजयी भएर उभिएको खण्डमा इलामे जनताको भावनालाई सम्मान गर्दै हरेक कुरामा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

मिश्रित बसोबास भएको इलामको क्षेत्र नं. २ बहुसंख्यक आदिवासी जनजाति र अन्य जातजातिहरु मिलेर बसेको स्थान हो । यो क्षेत्र बाटो, नाला, पाटीपौवा निर्माण नभइसकेको स्थान हो । दमक–रवि, फाल्गुनन्द मार्गलाई देखाएर भोट माग्ने प्रवृत्ति ठूला दलहरुमा रहीआएको हुँदा त्यसलाई यो पटक जनताले बुझ्ने छन् र प्रश्न पनि मतबाट गर्ने छन् ।

किरात धर्मको विकासमा आश्वासन देखाएर गुरु तथा तमाम् किरात धर्मावलम्बीहरुलाई विकासको पोको देखाएर स्वार्थ सिद्ध गर्ने ठूला दलहरुको अवस्थालाई मध्यनजर गर्दै अब पनि जनता त्यस्ता स्वार्थी नेताहरुको पछि दौडनु हुन्न भन्दै आफू विगत १० वर्षदेखि क्षेत्र नं. २ को जनताको घरआँगनमा पुगेको बताए ।

क्षेत्र नं. २ प्राकृतिक दृष्टिकोणले भरिपूर्ण र कृषि तथा जलाशय क्षेत्र भएको हुनाले थोरै मिहेनत गरेको खण्डमा माथि हरेक क्षेत्रमा उठ्न सक्छ । तर विजय प्राप्त गरि सदनमा पुगेपछि यो क्षेत्रको विकासमा नबोलिनु जनताको भावनाको कदर नहुनु योभन्दा दुःख लाग्दो अर्को के हुन सक्छ ?

स्वास्थ्य, शिक्षाबाट बञ्चित कैयौं बालबालिकाहरु अझै पनि शिक्षाको उज्यालो प्राप्त गर्न सकिरहेका छैनन् । बिरामी भएका यस क्षेत्रका जनता अझै पनि सिटामोल किनेर खानुपर्ने बाध्यता त्यतिकै छ ।

बाटोघाटो सम्झने हो भने कर्णाली प्रदेश जस्तो अवस्था छ । बरु कर्णाली सक्षम हुँदै गयो, इलाम क्षेत्र नं. २ विकासको अध्याँरो पाटोबाट उठ्न सकिरहेको छैन । के अब तिनै ठूला दलका नेताहरुलाई अझै पनि विश्वास गर्ने हामीले ?

माङसेबुङलाई ऐतिहासिक नगरपालिका बनाइने

हिन्दू धर्मावलम्बीहरुको पवित्र स्थल आराध्य देवता पशुपति नाथ हो भने बुद्धिष्टहरुको लुम्बीनी हो । त्यस्तै इलामहरुको मक्का मदिना हो भने तमाम् देश, परदेशमा छरिएर रहेका किरातीहरुको पवित्र देवस्थल इलामको माङसेबुङ हो ।

त्यसैले यो पवित्र स्थललाई ऐतिहासिक नगरपालिकामा रुपान्तरण गरेर उज्यालो, फराकिलो र धार्मिक मानवहरु बसोबास गरेको, अग्र्यानिक कृषि नगरीको रुपमा विकास गर्न आफ्नो पहल रहने भएको हुँदा माङसेबुङ गाउँपालिकालाई ऐतिहासिक नगरपालिका बनाउने आफ्नो अठोट रहेको पनि पत्रकार सम्मेलनमा उम्मेद्वार केपी पालुङ्वाले बताए ।

माङसेबुङसँग जोडिएका थुप्रै मठमन्दिर रहेका छन् । तिनलाई माथि उठाउने काम पनि गर्नेछौं । २०६२–०६३ को जनआन्दोलनमा आमूल परिर्वतन रहने दलहरुको मुख्य एजेण्डा भए पनि माङसेबुङ त्यो एजेण्डाबाट पछि रह्यो । विकासका हरेक गतिविधिमा पनि पछि पर्यो । सक्षम नेतृत्ववान भएको ठाउँ भए पनि राजनेताहरुको ध्यान कहिल्यै पुग्न सकेन । त्यस्तो कार्य आफ्नो पक्षबाट कहिल्यै नहुने दोहोर्याए ।

माङसेबुङमा राजादेखि राष्ट्रपतिसम्म, प्रधानमन्त्रीदेखि दलका प्रमुख नेताहरु आउने–जाने गर्छन् । आउँदै पिच्छे गुरु दर्शन गर्न भ्याउने गुरुकै अगाडि विभिन्न विकासका प्रलोभन देखाउने तर, काम गर्ने परिपाटी भएको हुँदा किरात धर्मावलम्बीहरुको ठूलो चित्त दुखाई छ । म विजयी भएमा त्यस्तो कदापी हुन दिन्न ।

फाल्गुनन्द सामुदायिक वनलाई धार्मिक जडिबुटी केन्द्र

मावन जीवनमा एलोपेथिक औषधी सेवन गर्नुभन्दा पहिला आयुर्वेदिक जडिबुटीबाटै शरीरलाई तन्दुरुस्त बनाएको तथ्यहरु हामीमाझ छ । विकासको क्रममा आयुर्वेदिक जडिबुटीबाट बनेका ओखतिहरुलाई पन्छाएर एलोपेथिक औषधी सेवनले त्यसको असरबाट धेरै मानिसहरु मधुमेह, मृगौला, मुटु र क्यान्सर जस्ता घातक रोग देखा पर्दै गयो ।

हामीले सेवन गर्ने सागसब्जी र अन्नमा पनि विषादी प्रयोगबाट चलेको हुँदा क्षेत्र नं. २ अन्तर्गत फाल्गुनन्द सामुदायिक वनलाई धार्मिक जडिबुटी तथा आयुर्वेदिक केन्द्रको रुपमा विकास गर्दै लगिने हो भने हजारौं मानिसले रोगजारीसँगै आयुर्वेदको मुख्य भण्डार बन्ने थियो ।

फाल्गुनन्द सामुदायिक वन क्षेत्र चुरे तथा केही समथल क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा मानिसलाई चाहिने आयुर्वेदिक जडिबुटीहरु रहेको स्थानीय बासिन्दाहरुको भनाई भएको हुँदा त्यसलाई अध्ययन गरि आयुर्वेदिक जडिबुटी केन्द्रमा रुपान्तरण गरेर जाने आफ्नो लक्ष्य रहेको बताए ।

कन्यामको दृश्यलाई देखाएर इलाम ठगियो

सुन्दर छटाको रुपमा देखिएको इलामको सुन्दर चिया बगान कन्यामलाई देखाएर विश्व तथा आन्तरिक पर्यटकहरुले ‘वा… इलाम’ भने पनि इलाम ग्रामिण क्षेत्रमा भने ‘वा…. इलाम’ भन्ने खालको पाइएन । त्यसैले इलाममा रहेको कन्यामलाई देखाएर अन्य क्षेत्र विकास नहुनु ठूला दलहरुको झुटो आश्वासन हो ।

इलाम क्षेत्रमा सबैतिर कन्यामको जस्तो वातावरण निर्माण गन सके इलामबासी धन्यको पात्र हुने थिए । पटक–पटक इलामे जनतासँग मत मागेर सत्तामा पुग्ने त्यसपछि गाउँबस्तीका बासिन्दाहरुको भावनालाई मल्हम पट्टि लगाउन नसक्नेले अब पनि विजयी भएर गएमा जनताको मत खेर जाने पत्रकार सम्मेलनमा अध्यक्ष पालुङवाले बताए ।

प्राविधि शिक्षा, कृषि विज्ञानमा जोड

प्राविधिक शिक्षाकै अभावका कारण हजारौं युवाहरु विदेशीन बाध्य छन् । प्रशस्त नदी तलाउ वन जंगल भएको हाम्रो ठाउँ त्यसलाई सदुपयोग गर्ने इन्टरनेट प्रविधिबाट पर्यटकहरु भित्र्याउने, युवाहरुलाई प्राविधिक शिक्षामार्फत रोजगारमुखी बनाउने आफ्नो लक्ष्य रहेको पत्रकार सम्मेलनमा अध्यक्ष पालुङ्वाले बताए ।

होटल समिटमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले गरुवा बहुमुखी क्याम्पस र एकतप्पा बहुमुखी क्याम्पसलाई स्तरोन्नति गरि गरिबका जनताका सन्तानहरु अध्ययन गर्नमा सजिलो होस् भन्ने उद्देश्यले अगाडि बढ्ने बताए ।

त्यतिमात्र होइन कृषि विज्ञान क्याम्पसको निर्माण गरि इलामको ५ अ लाई अन्तराष्ट्रियकरण गर्दै अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

भित्री मधेसलाई सुन्दर शहर

माङसेबुङको खत्रक्पादेखि नागबेली आकारमा बगेको माई नदी परिषरले छोएको भित्री मधेसलाई सुन्दर शहरको रुपमा स्थापित गराउन सकिने छ ।

वरिपरि पहाड बीचमा समतल भू–भाग भएको ठाउँमा प्रशस्त अन्न उब्जनी साथै अग्यानीक सब्जी उत्पादनसँगै शहरको रुपमा विकसीत गर्दै जाने हो भने तराईभन्दा भित्री मधेस अझ सुन्दर हुने देखिन्छ ।

भित्री मधेसको सुन्दरताको लागि पश्चिमको सुर्खेतको बुलबुले ताल क्षेत्रलाई सुन्दर शहर बनाइएको छ । त्यसरी नै यसलाई रुपान्तरण गर्न हाम्रो पार्टी राष्ट्रिय जनमुक्ति क्रियाशिल रहनेछ ।

त्यसैले तमाम् नेपाली जनतामा यो पटक देश बचाऔं, देश बनाऔं भन्ने अभियानमा जुटेको हुँदा तपाईको मत घर चिन्हमा जाँदा खेर नजाने अवगत गराउँदछु ।

५–५ पटक निर्वाचित भएर गएका यस क्षेत्रका नेतालाई दिएको मत तपाईहरुको विकास र उन्नतिको मात्र नभई निर्वाचित नेताहरुका लागि मात्र भएको हुँदा यो पटक नझुकिन पत्रकार सम्मेलनमा उम्मेद्वार पालुङ्वाले अनुरोध गरे ।