जलेश्वर धामको पूराण उद्घाटन भव्य (फोटो फिचर सहित) « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जलेश्वर धामको पूराण उद्घाटन भव्य (फोटो फिचर सहित)


यलम्वर टाइम्स
१ मंसिर २०७९, बिहीबार १०:०८

अर्जुनधारा । पर्वूको प्रमुख तिर्थ स्थलको रुपमा परिचित अर्जुनधारा जलेश्वर धाममा आज (विहीबार) बाट ब्रमाण्ड महापुराण सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कमल बस्नेतले पानसमा दीप प्रज्वलन गर्दै पुराणको उद्घाटन गरेका हुन् । धामले ४० औं वार्षिक अनुष्ठानको रुपमा यो वर्ष ब्रमाण्ड पुराणको आयोजना गरेको हो ।

आम निर्वाचन नजिकिरहे पनि धर्मानुरागीहरुको बाक्लो उपस्थितिमा कलश यात्रा गरिएको थियो । धामको पश्चिम गेटबाट सुरु गरिएको कलश यात्रा नारायण चोक, शनिश्चरे बजार हुँदै धाम परिसरमा प्रवेश गरी कार्यक्रम अगाडि बढाइएको थियो ।

धामका अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको पुराणको उद्घाटन प्रमुख अतिथि दाता तथा समाजसेवी कमल बस्नेतले गरेका थिए ।

पुराणमा मोहन मित्तलले रु. ५१ हजार प्रदान गर्दै नगदी रसीदको उद्घाटन गरेका थिए । त्यस्तै धान्याञ्चल उद्घाटन धनमाया तिम्सिना, दानपत्रको उद्घाटन तिलरुपा खड्काले गरेका थिए ।

धामका मूल अर्चक अग्नी सिग्देलले धामको वर्तमान अवस्था र अनुषठनको विषयमा प्रकाश पारेको कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन, मोहन मित्तल, लक्ष्मीप्रसाद खतिवडा लगायतले आ–आफ्नो विचार राखेका थिए ।

धामका उपाध्यक्ष भीमचन्द्र भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन भानु शिवाकोटीले गरेका थिए ।