विकाससँगै जनताको रक्षामा खट्नेछुः उम्मेद्वार राना « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

विकाससँगै जनताको रक्षामा खट्नेछुः उम्मेद्वार राना


यलम्वर टाइम्स
१ मंसिर २०७९, बिहीबार १०:३७

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ का प्रत्यासी उम्मेद्वार हरिकुमार रानाले शरीर चलायमान र सास रहिन्जेल २ नं. क्षेत्रको विकाससँगै जनताको रक्षाको लागि आफू सधैव लागि रहने बताएका छन् ।

बिर्तामोडमा आयोजित कोणसभा तथा घरदैलो कार्यक्रममा प्रेसरले हानेको र सुगर भए पनि नगलाएको व्यक्ति भएको हुनाले जनताको सेवा गर्न जस्तोसुकै कार्यमा पनि लागि पर्ने बताए ।

पटक–पटक जनताबाट निर्वाचित हुँदै जनताको काम र विकास निर्माणमा यो शरीर लागि पर्ने बताउँदै मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट आफू जनताको कारिन्दार हुन आएको बताए ।

उनले विकास, जनताको सुरक्षा र हरेक क्षेत्रको उत्पीडनको अन्त्यको लागि हसिया हथौडामा मत दिनुहुनेछ भन्ने आशा लिएको बताए ।

यसरी नै कार्यक्रममा प्रदेश ‘ख’ का उम्मेद्वार खगेन्द्र मैनालीले गठबन्धनका उम्मेद्वारले विजयी हाँसिल गरे कम्युनिष्टले सञ्चालन गरेको क्रियाकलापलाई परिवर्तन गर्दै जनताको हरेक क्षेत्रको आमूल परिवर्तन ल्याउने बताए ।

अर्का उम्मेद्वार पुष्प पोखरेलले विकासलाई गुमराहमा राखि पार्टीभित्रको गुटबन्दिमै एमाले अल्झिएको हुँदा गठबन्धनबाट विकासको मुहार फेर्न जनतामाझ आएको बताए ।