अर्जुनधारामा मंसीर ६ गते बालाचतुर्दशीका दिन बिदा « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा मंसीर ६ गते बालाचतुर्दशीका दिन बिदा


यलम्वर टाइम्स
३ मंसिर २०७९, शनिबार ०२:२२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बालाचतुर्दशी (सद्बीज छर्ने दिन) बिदाको घोषणा गरेको छ ।

यसअघि राजपत्रमै उल्लेख गरि बिदा दिने निर्णय भएको हुँदा त्यसलाई निरन्तता दिएको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन् ।

मंसीर ६ गते पुराण समापनका दिन अर्जुनधारा जलेश्वर धाममा विभिन्न क्षेत्रबाट सद्बीज छर्न आउने र भिड बढ्ने भएको कारण बिदा दिँदै आएको छ ।

पूर्वकै पशुपतिनाथले प्रचलित जलेश्वर धाम भएको हुँदा यस क्षेत्रको गहनाको रुपमा स्थापित भएको पाइन्छ ।