गठबन्धनको मत तितरबिततर हुँदा एमालेको सहज जित « Yalambar Times
५ बैशाख २०८१, बुधबार

गठबन्धनको मत तितरबिततर हुँदा एमालेको सहज जित


यलम्वर टाइम्स
७ मंसिर २०७९, बुधबार १२:१९

अर्जुनधारा । गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेद्वारहरु झापा क्षेत्र नं. २ अन्तर्गत प्रदेश ‘क’ र ‘ख’ मा बिजयी भएका छन् ।

कडा प्रतिस्पर्धा हुने आंकलन गरिए पनि गठबन्धनको मत तितरबितर भएको र एमालेको मत केही तलमाथि भए पनि एक ढिक्का भएर खसेपछि झापा–२ ‘क’ मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका एकराज कार्की र ‘ख’ मा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) बिजयी बनेका हुन् ।

गठबन्धनबाट उठेका नेपाली कांग्रेसका खगेन्द्र मैनालीको प्रभाव राम्रै देखिए पनि आफ्नै क्षेत्रबाट कम मत आउनुले उनीमाथि गतिलै धोका दिएका छन् ।

पार्टीभित्रैबाट हो या व्यक्ति छानेका हुन् त्यसको अनुसन्धान पार्टीले गर्ने देखिन्छ नै । यता गठबन्धनका पुष्पराज पोखरेल पनि न्यून मत मात्र पाएका छन् ।

समग्रमा झापा क्षेत्र नं. २ मा लोकतान्त्रिक बाम गठबन्धनप्रति गठबन्धनभित्रका न त दलले विश्वास गरे न त दलका अगुवाहरुले कार्यकर्ताहरुलाई सम्हाल्न सके त्यसैको परिणाम आज हरिकुमार रानाले पाएको मत, मैनाली र पोखरेलले पाएको मत परिणामलाई हेर्दा पुग्छ ।

एमालेका उम्मेद्वार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मतमात्र प्राप्त गरेका थिए । दुई उम्मेदवारले प्राप्त गरेको मत अन्तर १२ हजार ६५१ मत रहेको छ ।

कार्की यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य भइसकेका हुन् ।

यता झापा–२ ‘ख’ मा नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका मैनालीले ३ हजार ८४० मत कम पाएका हुन् ।