सहयात्रा ग्रुपद्वारा खुदुनाबारीमा रक्तदान « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

सहयात्रा ग्रुपद्वारा खुदुनाबारीमा रक्तदान


यलम्वर टाइम्स
१९ मंसिर २०७९, सोमबार ०५:२१

खुदुनाबारी । सामाजिक कार्यमा सक्रिय सहयात्रा ग्रुपले रगत अभावको समस्यालाई मध्यनजर गर्दै खुदुनाबारीमा रक्तदान गरेको छ ।

अर्जुनधारा–३ वडा कार्यालय परिसरमा आईतबार गरिएको रक्तदान कार्यक्रममा ३३ जना दाताहरुले रगत दान गरेको सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनले बताए ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा संचालन भएको रक्तदान कार्यक्रममा झापा र इलामका दाताहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका अध्यक्ष सीताराम भट्टराई, जनप्रतिनिधिहरु चन्द्रा तामाङ, नारायण चापागाई, नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति भोला बराल, उपसभापति शान्तिराम घिमिरे, सचिव मुकुन्द भण्डारी, अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज सुरेश नेपाल, शसस्त्र प्रहरी बल वेश क्याम्प खुदुनाबारीका इन्चार्ज नारायण गौतम, शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुलसी खतिवडा, सृजना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खुम्बा तामाङ, युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौला लगायतको आतिथ्यता रहेको थियो ।