श्रद्धा कृषि सहकारी संस्थाको १४ औं वार्षिक सभा सम्पन्न « Yalambar Times
८ बैशाख २०८१, शनिबार

श्रद्धा कृषि सहकारी संस्थाको १४ औं वार्षिक सभा सम्पन्न


यलम्वर टाइम्स
२४ मंसिर २०७९, शनिबार ११:२९

अर्जुनधारा । श्रद्धा कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुमाझ उपस्थित गराई १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभामा ज्येष्ठ नागरिक, असल कर्जा र एसईईमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीसँगै उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकको तर्फबाट ७० वर्ष पार गरेका ढाकाबहादुर कार्की, बले चौधरी, देवकादेवी खड्का, धनकुमार दाहाल, पदमकुमार सुब्बा, कृष्णप्रसाद खनाल, वेनुप्रसाद पनेरु, गंगाप्रसाद अधिकारी, पूर्णबहादुर खड्का, पूर्णमाया नेपाल र पदमलाल दाहाललाई सम्मान गरिएको थियो ।

असल बचतकर्तामा सुन्दरा ओली, गजिन्द्र ओली, असल ऋणिमा महेन्द्र मलिकलाई पनि सम्मान गरिएको थियो ।

एसईईमा उत्कृष्ट हुनेमा सामुदायिकबाट कोमल ओली, निजी विद्यालयबाट आदेश भट्टराईलाई सम्मान गरिएको थियो ।

सभामै उत्कृष्ट कर्मचारी सहव्यवस्थापक इन्दिरा कोइरालालाई मायाको चिनो र सम्मानपत्रले अभिनन्दित गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रेमसागर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा एक करोड ७ लाख ४ हजार चार सय शेयर पूँजी रहेको संस्थामा एक हजार ९७ शेयर सदस्य रहेको बताइएको छ ।

कार्यक्रममा व्यवस्थापक तुलसा प्रधानले संस्थाको हरहिसाब सार्वजनिक गरेकी थिइन् भने संस्थालाई अगाडि बढाउनका लागि आवश्यक गतिविधिहरुबारे अध्यक्ष प्रेमसागर सापकोटाले वाचन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ८ का अध्यक्ष कुमार उप्रेतीले सहकारी संस्था जनमुखिसँगै कर्जा प्राप्त गर्नेलाई उर्जा क्षमता प्रदान गर्ने खालका तालिम प्रदान गर्नुपर्ने बताए ।

प्रदेश सांसद बृख प्रधान, सुपारी खेतिका शेखर अधिकारी, लालिगुराँस चन्द्रकुमारी लिम्बू, सहनशीलकी ज्ञानुकुमारी थापा, भित्री गाउँ जडिबुटीका मोहनलाल पौड्याली, प्रज्वाल्ला सहकारीका डिल्ली घोर्साइ, महिला चेतनाकी निलाकुमारी दाहाल लगायतको आतिथ्य रहेको थियो ।

देवीप्रसाद पाठकले स्वागत गरेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन रुद्रप्रसाद न्यौपानेले वाचन गरेका थिए ।