३० औं उपएकाइ भेलामा एनएमसीको प्रशंसा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

३० औं उपएकाइ भेलामा एनएमसीको प्रशंसा


यलम्वर टाइम्स
२६ मंसिर २०७९, सोमबार १०:०१

अर्जुनधारा । एनएमसी सहकारी संस्था नेपालकै अग्रणी र कारोबारको हिसाबले पनि अब्बल भएको अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडाले बताएका छन् ।

सोमबार शनिश्चरे उपएकाइगत शाखाको ३० औं वार्षिक साधारणसभाको प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष खतिवडाले एनएमसीले किसानसँग अग्र्यानिक सागसब्जीमात्र होइन, चियादेखि आर्थिक कारोबारसम्म राम्रो काम गरेको प्रतिवेदनले प्रस्ट्याएको हुँदा नेपालकै अग्रणी कारोबार गर्ने संस्थामा उभिएकोले शुभकामना दिएका थिए ।

उनले अगाडि भने, ‘सरकारले रोजगारको व्यवस्था गर्नुपर्नेमा ११ सय जनालाई रोजगार दिएर उदाहरणीय भएको छ ।’

शाखा संयोजक धर्मानन्द गुरागाईको सभापतित्वमा भएको कार्यक्रममा प्रतिवेदन संस्थाका सञ्चालक समिति सदस्य माधवचन्द्र प्याकुरेलले संस्थाले गरेको गतिविधि र गर्ने कार्यहरुको बारे प्रस्ट्याएका थिए ।

एक लाख ३५ हजार ७१७ शेयर सदस्य रहेको संस्थाले मानव संशाधन व्यवस्थापन, वित्तीय व्यवस्था, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल, चिया व्यवसाय जस्ताबाट संस्थाले उचाइ लिँदै गरेको बताएका थिए ।

उनले शेयर सदस्यहरुमा ४ करोड ५५ लाख २८ हजार ९ सय शेयर प्रदान गरेको पनि जानकारी गराएका थिए ।

यसरी नै संस्थाका सदस्य देवकुमारी शेर्माले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन वाचन गर्दै बहुआयामिक रुपमा सञ्चालन भएको एनएमसीले सहकारी ऐनको पालना गर्दै उच्च स्थानमा उभ्याएको बताएकी थिइन् ।

कार्यक्रममा स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदन एनएमसी सहकारी व्यवस्थाका प्रमुख बाँसुदेव खतिवडाले वाचन गर्दै ०७८÷०७९ मा १४ करोड ४५ लाख १७ हजार ९७२ रुपैयाँ खुद नाफा भएको जानकारी गराएका थिए ।

उनले वित्तीय कारोबारमा मात्र होइन शेयर सदस्यको वित्तीय लगानी सुरक्षित रहेको जानकारी गराए ।

शनिश्चरे शाखा प्रमुख रोहित अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अग्रज पत्रकार दिपीन राई, वडा नं. ८ का सदस्य सरु बुढाथोकी, एनएमसी सदस्य देवीमाया पोखरेल, अर्जुनधारा नगरपालिकाका बोर्ड सदस्य नरेन्द्र राई, दिनेश अधिकारी, प्रकाश बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।

असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने नाराका साथ एनएमसी समय अनुसार सञ्चालन भएको कार्यक्रम स्वागत शाखा सञ्चालक समिति सदस्य देवीमाया पोखरेलले गरेकी थिइन् । कार्यक्रम अर्जुनधारा–७ स्थित गुरागाईं भवनमा भएको थियो ।