पदम जिताऔं अभियानमा यायोक्खाका गौरीमान जुटे « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पदम जिताऔं अभियानमा यायोक्खाका गौरीमान जुटे


यलम्वर टाइम्स
२८ मंसिर २०७९, बुधबार १०:४१

झापा । द भ्वाइस अफ नेपाल सेसन ४ को टप ८ मा छनौट भएका पदम राईलाई जिताऔं अभियानमा किरात राई यायोक्खा जुटेको छ ।

यायोक्खाको एक भेलाले जिताऔं अभियानको संयोजकमा यायोक्खा झापाका सदस्य गौरीमान चाम्लिङ राई चयन भएका छन् ।

पूर्वेली घर खोटाङ भई ताप्लेजुङ जिल्लामा जन्मि, हुर्कि हाल सुनसरी धरान निवासी नेपाली सांगीतिक क्षेत्रको उदयमान प्रतिभाशाली पदम राजेशपालय राईको टिममा सहभागि छन् ।

उनी टप ८ मा परेपछि मंसीर २४ गते रातिबाट पौष १ गते शुक्रबार राति ९ बजेसम्म उनलाई भोट गर्न सकिने छ, संयोजक गौरीमानले अनुरोध गरे ।

खल्ती एप्स डाउनलोड गरि टिम राजेशपायलमा गई पदम राईलाई भोट गर्न अनुरोध गर्दै पदम राई नबिल बैंक खाता नं. १७१००१७५१४४१४ मा भोटिङका लागि नगद जम्मा गर्न पनि अनुरो गरेका छन् ।