फिट्नेश महासंघमा श्रेष्ठ, केन्द्रीय सदस्यमा लाफा चयन « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

फिट्नेश महासंघमा श्रेष्ठ, केन्द्रीय सदस्यमा लाफा चयन


यलम्वर टाइम्स
८ पुष २०७९, शुक्रबार १३:२२

झापा । समानान्तर समिति गठन गरि सञ्चालन हुँदै आएका दुई शारीरिक सुगठन तथा फिट्नेश संघलाई राष्ट्रिय खेलकुद परिषदले मर्च गरि तदर्थ समिति गठन गरेको छ ।

परिषदले दुई वटा संघको रुपमा रहेका बडिबिल्डिङमा सहमतिका आधारमा राजेशबाबु श्रेष्ठको संयोजकत्वमा नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन गरेको हो ।

यसअघि राजेशबाबु श्रेष्ठको नेतृत्वमा नेपाल बडिबिल्डिङ एण्ड फिट्नेश संघ र शिवलाल श्रेष्ठको नेतृत्वमा नेप्लिज फेडेरेसन बडिबिल्डिङ एण्ड फिट्नेश संघ सञ्चालनमा थिए ।

परिषदले नयाँ बनेको तदर्थ समितिलाई तीन महिनाभित्र निर्वाचन गर्न निर्देशनसमेत दिएको छ । राष्ट्रिय खेलकुद विकास ऐनमा एक खेलको लागि एउटामात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था छ ।

परिषदको १ सय १३ औं बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले विवादित संघलाई सहमतिबाट समाधान खोज्न आग्रह गरेको थियो ।

२७ सदस्यीय नवगठित तदर्थ समितिको सदस्यमा झापा अर्जुनधाराका चन्द्र राना ‘लाफा’ पनि रहेका छन् ।

ग्यालेक्सी फिट्नेश बिर्तामोडका सञ्चालक समेत रहेका लाफा शारीरिक सुगठनमा सक्रिय छन् । तदर्थ समितिले  तीन महिनाभित्र साधारणसभा तथा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने छ ।