प्रचण्ड नेतृत्व सरकारमाथि थुप्रै चुनौति « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

प्रचण्ड नेतृत्व सरकारमाथि थुप्रै चुनौति


यलम्वर टाइम्स
१६ पुष २०७९, शनिबार ०४:३५

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक मुलुकका प्रधानमन्त्री हुन पुगेका छन् । गठबन्धनबाट नेकपा माओवादी पार्टीलाई तेस्रो स्थानमा बचाउन सफलसँगै तेस्रो पटक प्रधानमन्त्री बन्न पुगेका हुन् । पहिलो पटक प्रधानमन्त्री बन्दा मुलुकको राष्ट्रिताप्रति बुझ्दा बुझ्दै बितेको थियो भने दोस्रो पटक प्रशासन संयन्त्रलाई नियाल्दा नियाल्दै निस्केका थिए । शान्ति प्रक्रियामा आउँदा धेरै कामहरु गर्नुपर्ने कामहरुलाई विधि र प्रक्रियमा नपुर्याउँदै विवादित बनेर निस्किनुपर्दा निकै अधुरा कामहरु पूरा नभएको तथ्य छर्लङ्ग छ ।

शान्ति सम्झौता हुँदा रहेका अधुरा काम जस्तै माओवादी सेनाका अयोग्य लडाकुहरुलाई व्यवस्थापन गर्नुपर्ने, पहिचानमुखी कामहरुलाई टुंगोमा पुर्याउनुपर्ने, राष्ट्रका अर्थतन्त्र सरल र सुदृढिकरणको बाटोमा लैजानुपर्ने र अंगभंग, यातना पीडितहरु साथै बेपत्ताहरुको छानबिन गरि राहत प्रदान गरिनुपर्ने जस्ता कामहरु अधुरै रहेको हुँदा माओवादीलाई हेर्ने दृष्टिकोण पछिल्लो पटक अलग बन्दै आएको अवस्था थियो । त्यसलाई पूरा गर्न र टुंगोमा पुर्याउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सफल भए १० वर्षे जनयुद्धको साख रहनेमा दुइमत हुने छैन ।

नेकपा एमालेसँग अन्तिम पटक सरकारको लगन गाँसेर सरकारको बाटोलाई समात्दै तेस्रो पटक प्रधानमन्त्री बन्न त सफल भए तर ति माथिका अधुरा काम र २ वर्षअघिबाट मुलुकले व्यहोर्दै आएको कोरोनापछिको अर्थतन्त्रले मुलुकलाई धरासायी बनाएको चुनौति पनि प्रचण्ड नेतृत्व सरकारलाई आईलागेको छ । त्यतिमात्र होइन, ०७९ को चुनाव पछाडी महंगी, ढिलासुस्ती र अर्थतन्त्रमा भएको नकरात्मक असर जस्ता चुनौतिहरु पनि गाँसिएर आएको छ । यो अवस्थाको सरकार ति माथिका यावत समस्यालाई सहज रुपमा सम्पन्न गर्न सफल भए मुलुकले नयाँ बाटो लिने थियो ।

चुनावभरि गठबन्धन र सरकारमा पुग्दा गठबन्धनलाई छाडी सत्ता हत्याउने एमालेसँगको गठबन्धन गाँसेर अगाडि बढेका प्रचण्डलाई सफलताको बिन्दूमा पुग्न त्यति सजिलो छैन । प्रतिपक्षमा बसेका नेपाली कांग्रेस, नेकपा एस र जनमोर्चाले त मुलुकको अवस्था हेरेर सरकार असफल बनाउने काममा नजुट्लान् तर, मौन बसे भने पनि प्रचण्ड सरकार अगाडि बढ्न सक्ने स्थिति देखिन्न । प्रचण्डकै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नेपाल पत्रकार महासंघको सुर्खेत सभामा भनेका थिए जोसुकै मिलेर सरकार बने पनि उत्तरी र दक्षिणी शक्तिलाई व्यालेन्समा नराखे सरकार टिक्न सक्दैन । त्यसैले माटो र जनताको विषयमा राष्ट्रियता प्रकट गर्दै कलम चलाउन आग्रह गरेका थिए । महराको यो भनाइलाई नियाल्ने हो भने प्रचण्डमाथि आश गरिएका थुप्रै काम चुनौतिपूर्ण छ । त्यसैले प्रचण्ड सरकार कसरी अगाडि बढ्ने हुन् हेर्न बाँकी छ ।